सुन्तलाको बोक्राको यसरी गर्नुहोस प्रयोग, अनुहारमा आउनेछ छुट्टै चमक!

सुन्तला भिटामिन डीले भरिपूर्ण फल हो । यसमा धेरै पोषक तत्वहरु हुन्छन् । सामान्यतया हामी यसको बोक्रा फ्याँक्छौं तर यसको बोक्रा स्वास्थ्यको लागी निकै लाभदायक छ । सुन्तला तपाईको छाला सम्बन्धी समस्या र डल स्किनको लागी धेरै लाभदायक छ । 

तपाईले  सुन्तलाको बोक्राको फेस मास्क बनाएर लगाउन सक्नुहुन्छ। यो मास्कले छालामा डार्क स्पट, पिगमेंटेशन र ब्ल्याकहिड्स कम गर्छ। कसरी सुन्तला बोक्राको फेस मास्क बनाउन सकिन्छ? थाहा पाउनुहोस:

फेस प्याक बनाउनको लागि:

तपाईले केहि सजिलो टिप्‍स र सामाग्रीले घरमै नेचुरल फेस मास्क तयार गर्न सक्नुहुन्छ। सबैभन्दा पहिले सुन्तलाको बोक्रा घाममा सुकाउनुहोस्। सुन्तलाको बोक्राको  पाउडर दुधमा मिसाएर  हल्का बाक्लो पेस्ट बनाउन सक्नुहुन्छ। तपाई चाहनुहुन्छ भने यस पेस्टमा बेसार थप्न सक्नुहुन्छ।  बेसारमा धेरै गुणहरु हुन्छन्। 

यो छालाको लागी धेरै राम्रो हुन्छ। यस प्याकलाई तयार गर्नको लागि सुन्तलाको बोक्राबाट बनेको एक चम्चा पाउडर लिनुहोस् र अलिकति बेसार मिसाउनुहोस। पेस्ट बनाउनको लागि दुध पनि मिसाउन सक्नुहुन्छ। यस प्याकलाई पुरै अनुहारमा लगाउनुहोस र लगभग १५ मिनेटको लागि पेस्ट सुक्न दिनुहोस्। पछि अनुहारलाई चिसो पानीले धुनुहोस्।           

फाईदा:

सुन्तलाको  बोक्राको पाउडरको फेस मास्कले छालाको रंग उज्यालो बनाउँछ। यो भिटामिन सीले भरपुर हुन्छ र छालालाई सफा गर्छ । यसमा एन्टी ब्याक्टेरियल गुण हुन्छ, जसले पिम्पल्स कम हुन्छ । यसले छालाको रिन्कल कम हुन्छ। 

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१२:३७

टमाटरको रसलाई यसरी गर्नुहोस् प्रयोग, कमाल हुनेछ !