प्राय: जसो मानिसको ओठ फुट्ने समस्या हुन्छ। र गर्मि महिनामा भन्दा बढी जाडो महिनामा ओठ ओठ फुट्ने समस्या बढी हुन्छ। ओठ फुट्नुको धेरै कारणहरु हुन्छन् । जस्तै पानीको कमी, केमिकलयुक्त लिपस्टिकको प्रयोग, सन्तुलित आहार नलिने वा बारम्बार जिब्रोले ओठ छुने आदि । आउनुहोस, जानिराखौ फुटेको ओठलाई कसरी मुलायम र सुन्दर बनाउन सकिन्छ।
यी कुराको राख्नुहोस ध्यान:
-ओठ नरम र मुलायम बनाइराख्नको लागी आन्तरिक रूपमा पानीको कमि पुरा गर्नुको साथै मोइस्चराइजर, लिप बाम वा पेट्रोलियम जेली लगाउननबिर्सनुहोस्।
-जसरी पनि दैनिक ८-१० गिलास पानी पिउनुहोस् र राती सुत्नु अघि मेकअप धोएर मात्रै सुत्नुहोस ।
-भिटामिन-डी र भिटामिन एको कमी हुँदा पनि यस्तो समस्या देखिन्छ। यस्तो बेला आहारमा गेडागुडी, दूध, पनीर, गाजर आदि लिनुहोस्। ओठमा जिब्रोले नछुनुहोस मोइस्चराइजर लगाउन नभुल्नुहोस।
-एक चम्चा बटरमा ३-४ चम्चा कागतीको रस मिसाएर केहि समयको लागी यसलाई राख्नुहोस्। केहि समयपछि यसलाई ओठमा लगाउनुहोस्। यसले ओठ निकै मुलायम हुन्छ।
– एलोभेराको पात का-ट्नुहोस् र त्यसबाट ताजा जेल निकालेर ओठमा लगाउनुहोस्। यसले ओठ नरम बनाउनेछ।
-ताजा बटर पनि लगाउन सकिन्छ। यस बाहेक क्यास्टर ओयलमा ग्लिसिरिन ग्लिसरीन र कागतीको केहि थोपा रस मिसाएर ओठमा लगाउनुहोस्। ग्लिसिरिन वा गुलाबजलमा गुलाबको पातलाई भिजाउनुहोस्। केही समय भिजाएपछि यसको पेस्ट तयार गर्नुहोस् र यसलाई ओठमा लगाउनुहोस्। २०-२५ मिनेटपछि सादा पानीले धुनुहोस।

