फेरी बढ्यो कुखुराको मासुको मूल्य !

काठमाडौँ – दशैँकै मुखमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ। दशैँ शुरु हुनु भन्दा केहि हप्ता अगाडी मात्रै घटेको कुखुराको मासुको मूल्य दशैँ लागेसँगै बढेको हो।

असोज महिनाको पहिलो हप्तामा कुखुराको मासुको मूल्य घटेको थियो। त्यसबेला ब्रोइलर कुखुराको मासुको मूल्य घटेर प्रतिकिलो ३०० रुपैयाँमा कारोबार भएको थियो।

तर पछिल्लो वृद्धिसँगै ब्रोइलर कुखुराको मासुको मूल्य ३४० रुपैयाँसम्म पुगेको छ। दशैँ लागेपछि मात्रै ब्रोइलर कुखुराको मासुको मूल्य दोस्रो पटक बढेको मासु व्यवसायी संघले जनाएको छ। दशैँ लागेसँगै कुखुराको मासुको माग बढेको र उत्पादन घटेको कारण मूल्य बढेको संघको भनाई रहेको छ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१२:१०

काठमाडौँ छाड्नेको संख्या उच्च, अहिले सम्म यति धेरैले छाडिसके !