प्राय सुतेर उठेपछि अनुहार हल्का फुस्रो हुन्छ। कहिले कहिले अनुहारमा सानो सानो पिम्पल पनि आउन थाल्छ। तनाव, ठीकसँग नसुतेको कारण र कहिलेकाहिँ केहि खानाको एलर्जीको कारण फुस्रो पनि हुन्छ। बिहान बिहान अनुहारमा चिसो पानीले धुनाले तपाईको अनुहारलाई थुप्रै समस्याबाट छुटकारा दिन सक्छ । आउनुहोस जानीराखौ चिसोपानीले मुख धुनुको फाइदा:
जस्तै अनुहारमा आइस क्यूब रगडनाले निकै फाईदादायक मानिन्छ त्यस्तै चिसो पानीले मुख धुनु पनि एक राम्रो उपाय मानिन्छ। चिसो पानीले अनुहार धुदा फाइन लाइन्स र अनुहारको रिन्कल (चाउरीपन) कम हुन्छ।
अनुहारलाई चिसो पानीले धुदा छाला फ्रेश हुन्छ र छुट्टै चमक आउछ । हल्का चिसो पानीले अनुहार धुनाले तपाई आफुमा पनि छुट्टै उर्जा आएको महसूस हुन सक्छ। चिसो पानीले ब्लड सर्कुलेशन छिटो हुन्छ र अनुहारमा चमक छुट्टै आउँछ। चिसो पानीले मुख धुनाले सानो-सानो प्वाल नि बन्द हुन्छ। तातो पानीले मुख धोएपछि हल्का चिसो पानीले धुँदा पनि राम्रो हुन्छ। आँखामा चिसो पानीले छ्याप्दा छालामा चिसोपन हुन्छ। चिसो पानीले सुर्यको किरणको हानिकारक प्रभावबाट छुटकारा दिलाउँछ।

