कपालको समस्याले धेरै मान्छे चिन्तित रहन्छन्। कोहि कपाल झरेर समस्यामा छन् भने कोहि कपाल सेतो भएर र कपाल पातलो भएर । हरेक व्यक्ति आफ्नो कपाल लामो , बाक्लो, चम्किलो र स्वस्थ चाहन्छन्। तर हाम्रो आफ्नै गल्तीले यस्तो हुन सक्दैन। कपाल राम्रो बनाउनको लागि राम्रो डाइटको साथ-साथै केयरिंग गर्न जरुरी रहेको छ। जान्नुहोस कालो कपाल र बलियो कपालको लागी कस्तो गल्तिबाट बच्नुपर्छ।
१. फोहोर कपाल:
विशेषज्ञ अनुसार कपाल चिल्लो हुन थालेपछि धुनुपर्छ । टाउकोको छाला सफा राख्नाले चाया पनि पर्दैन र कपाल पनि बढ्छ। कपाल हप्तामा दुई पटक स्याम्पु लगाएर धुनुपर्चा । यधपी धेरै स्याम्पु प्रयोग गर्नाले कपाल झर्न सक्छ। सल्फेट वा हानिकारक केमिकल्स भएको स्याम्पु प्रयोग गर्नुहुदैन।
२ . तेल लगाउने समय ध्यान दिने:
कपालमा तेल लगाउनु निकै राम्रो कुरा हो तर यसको मतलब यो हैन कि सधैँ कपालमा तेल मात्र हुनुपर्छ। धेरै तेल लगाउनाले छाला बन्द हुन्छ, किनकि टाउकोको छालाबाट पनि तेल आउँछ। टाउकोमा तेल लगाउनुभन्दा कपालमा मात्र हल्का तेल लगाउनु राम्रो हो ।
३. केमिकलयुक्त प्रोडक्ट:
हेयर स्टाइलको लागी उपयोग गरिने स्प्रे तथा अन्य केमिकल्सले कपाललाई खराब बनाउछ। यसले कपालको जरालाई कमजोर बनाउछ, जसकारण कपाल टुक्रिन्छ । हेयर स्टाइल बनाउनको लागि घरमा नै प्याक वा मास्क बनाउनुहोला।
४ . धेरै कलर:
कपालमा रङ र ब्लीच नगर्नुहोला। नियमित रुपमा कलर लगाउनाले कपाल रुखो र कमजोर हुन्छ, जसकारण कपाल पातलो हुन्छ। कपाललाई प्राकृतिक हिना मेहेन्दीको प्रयोग गर्नुहोला।
५ . चिसो कपाल:
हतारमा धेरै मानिसले चिसो कपाल कोरेर ठुलो गल्ति गर्छन्। यदी कपाल चिसो छ भने हातको सहायताले मिलाउनुहोला।
६ . हेयर ड्रायर:
कहिले काही हेयर ड्रायरको प्रयोग गर्नु पनि ठीक हो तर सधैँ प्रयोग गर्नाले कपाल रुखो हुन्छ। त्यसैले यसको कम उपयोग गर्ने कोसिस गर्नुपर्छ।

