हरेक मानिसले आफ्नो छालाको हेरचाह गर्न कुनै न कुनै छाला सम्बन्धि उत्पादनहरुको प्रयोग गर्दछ यानिकी उसको छाला मुलायम र चमकदार रहिरहोस्| तर यी सबै चिज प्रयोग गरिसक्दा पनि छाला सम्बन्धि समस्याबाट छुटकारा पाइरहेका हुदैनन्|महँगा – महँगा उत्पादनहरू पनि अनुहारमा यी समस्याहरू हटाउन लाभदायक हुँदैनन्।
आज हामी तपाईंलाई यी चीजहरूबाट मुक्त हुन केही सुपरफूड्सहरूको बारेमा बताउनेछौं। जन्नुहोस यी सुपरफूड्स के के हुन् त ….
मेथी
मेथी बिशेषगरि जाडो महिनामा पाईने गर्दछ| मेथीमा धेरै पोषक तत्वहरू, खनिजहरू,एंटीऑक्सिडेंट्सहरू पाईन्छ जुन हाम्रो शरीरको लागि निकै राम्रो हुन्छ।यी तत्वले मृत छाला कोषहरू हटाउछ र तिनीहरूलाई सफा राख्दछ| सानै उमेरमा छालामा हुने समस्याबाट मुक्ति पाउन मेथी सहयोगी हुन्छ। यसले अनुहारको चाउरीपना पनि हटाउँछ।
अण्डा
अण्डाले छाला र कपाल स्वस्थ राख्न निकै मद्दत गर्छ| यदि तपाईंको छाला र कपाल स्वस्थ छैन भने, आजैबाट बिहान बिहान खाजामा अण्डा खान सुरु गर्नुहोस्| प्रोटीनहरूले कोषहरू बनाउँदछन् र प्रोटीनको मात्रा अण्डामा धेरै हुन्छ। अण्डाले लामो समयको लागि अनुहारमा सौन्दर्य कायम राख्न पनि निकै मद्दत पुर्याउँदछ।
एभोकाडो
भिटामिन र खनिजहरू खाँदा छाला स्वस्थ हुनेगर्छ। एभोकाडोमा भिटामिन र खनिज प्रशस्तै पाइन्छ| यसमा ओमेगा-3 फ्याट्टी एसिडहरू पाइन्छ र छाला कोषहरूलाई पोषण दिन्छ। त्येसले गर्दा एभोकाडोले छाला स्वस्थ राख्न सहयोग गर्छ|
दही
प्रायः तपाईंले याद गर्नु भएकोहोला दही घरेलु खाजामा बढी प्रयोग गरिन्छ| वास्तवमा, दहीले छालाको कोषहरूलाई बलियो बनाउन मद्दत गर्दछ किनकि यसमा उच्च क्याल्सियम सामग्री हुन्छ। यसले दाग-धब्बा, अनुहारको चाउरीपनाबाट पनि छुटकारा दिन्छ|
बदाम
बदाम दिमाग तेज बनाउन मात्र हैन छालाको लागि पनि निकै फलदायी हुन्छ| यसमा ओमेगा -३ फ्याट्टी एसिड र भिटामिन ई पाइन्छ जसले गर्दा नयाँ छाला कोषहरू सिर्जना गर्न मद्दत गर्दछ| बदामले अनुहारमा चमक ल्याउन पनि मद्दत पुर्याउछ|

