के तपाइको नङ टोक्ने बानी छ? होस् गर्नुहोस्, निम्तिन सक्छन् यस्ता खतरनाक समस्या !

नङ टोक्ने बानी अत्यन्तै खराब बानी मानिन्छ। यो नराम्रो बानी बच्चाहरुमा प्रायः देखा पर्ने गर्छ तर ठुलो व्यक्तिहरुले पनि आफ्नो नङ टोकेको हामीले देखि रहेका हुन्छौ।  यस बानीबाट छुट्कारा पाउनको लागि आफ्नो नङ काट्न अथवा ‘मैनीक्योर’ गराउन सकिन्छ। मनोवैज्ञानिकहरुका अनुसार, बच्चा र युवाहरुमा देखिएको नङ टोक्ने बानी, मानसिक तनाव र ‘जुनूनी बाध्यकारी विकार’को लक्षण हो। नङ टोक्नाले संक्रामक रोगहरुको खतरा त हुन्छ नै, साथै नङको आकार पनि परिवर्तन हुने गर्दछ।

नङ चपाउनाले स्वास्थ्यमा निकै नराम्रो प्रभावहरु पर्ने गर्छ। त्यसैले यो बानीलाई जतिसक्दो चाँडो छोड्नुहोस्। आउनुहोस्, नङ टोक्दा वा चपाउदा के-कस्तो स्वास्थ्यमा समस्याहरु निम्त्याउन सक्छ भन्ने बिषयमा चर्चा गरौँ।

हुन सक्छ ‘डर्मतोफेजिया’

‘द सन’को एक रिपोर्टका अनुसार, बाल्यकालदेखि नै,  नङ टोक्ने वा चपाउने बानीका शिकार भएका व्यक्तिहरु ‘डर्मतोफेजिया’ भन्ने रोगबाट ग्रस्त हुने गर्छन्। ‘डर्मतोफेजिया’ छालामा हुने एक प्रकारको रोग हो, जुन एक पटक लागे पछि कहिल्यै निको हुदैन। बारम्बार घाउ हुनाले थुकमा भएको ‘ब्याक्टेरिया’का कारण संक्रमण हुने गर्दछ। जसको कारण नशामा हानी पुर्‍याउनुका साथै नशानै काम नलाग्ने पनि हुन सक्छ। प्रत्येक ७ जना मध्ये ​​२ व्यक्ति, यो नराम्रो लतबाट प्रभावित भएका छन्।

छालामा पर्छ नराम्रो असर

नङ चापाउनाले वरपरको छालामा नराम्रो असर पर्दछ। यसले छालाको कक्षहरुलाई पनि निकै क्षति पुर्याउदछ। तर, नङलाई ‘नेलकाटर’ले काट्दा भने यस्तो हुदैन। किनकि, नङ तोक्दा धेरै रक्तस्राव हुने खतरा हुन्छ र संक्रमण हुने तिब्र सम्भावना रहन्छ।

नङमा पर्छ नराम्रो असर

जब कुनै व्यक्ति लामो समयसम्म नङ चपाउने गर्दछ, तब त्यस व्यक्तिको औला रातो हुन थाल्छ र नङ गाड्ने गर्दछ। त्यसैले यस्तो बानी हुने व्यक्तिहरुले आफ्नो हात र मुखलाई अर्कैतिर व्यस्त राख्नुपर्दछ।

हुन सक्छ जीवाणु संक्रमण

जब कुनै व्यक्तिले नङ टोक्दछ, तब उनले नङमात्र नभई नङमा भएको ब्याक्टेरिया पनि टोक्ने गर्दछ, जसको कारण नङमा भएको सबै ब्याक्टेरिया मुख भित्र जादछ। एक अनुसन्धानका अनुसार, हाम्रो औलामा भन्दा नङमा बढी ब्याक्टेरिया हुने गर्दछ। यसै कारण नङ चपाउदा वा टोक्दा नङमा भएको ब्याक्टेरिया मुखबाट शारिरमा पुग्ने गर्दछ।

खराब दाँतको खतरा

लगातार नङ टोक्दा दाँत बिग्रने गर्दछ। नङबाट बाहिर निस्केको फोहोर दाँतलाई कमजोर बनाउन ठूलो भूमिका खेल्ने गर्छ। अधिक नङ टोक्दा दाँत फाट्ने पनि खतरा हुने गर्दछ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८२२:१६

गर्भमा जुम्ल्याहा बच्चा भए देखा पर्छन् यस्ता संकेतहरु !