आवश्यक भन्दा बढी प्याज खाँदा हुन्छन् यस्ता-यस्ता समस्या, थाहा पाइराख्नुस् !

प्याजलाई खानामा विभिन्न तरिकाले प्रयोग गरिन्छ । प्याज अधिकांशको मनपर्ने सलाद पनि हो। यसमा पाइने विभिन्न प्रकारका औषधीय कारणले गर्दा प्याजको सेवन गर्नु स्वास्थ्यका लागि उपयोगी मानिन्छ।

तर आवश्यकता भन्दा बढी मात्रामा प्याजको सेवन स्वास्थ्यका लागि हानिकारक पनि साबित हुन सक्छ, त्यसैले बिशेष सावधान रहन आवश्यक छ। प्याज खानुका बेफाइदाहरु यस प्रकार छन्।

रगत पातलो हुनु

प्याजमा अत्यधिक मात्रामा ‘भिटामिन के’ को मात्रा रहेको हुन्छ जसले शरीरमा ‘कुमाडिन’ नामक तत्व उत्पादन गरि रगतलाई पातलो बनाउने काम गर्दछ। त्यसैले अत्यधिक मात्रामा प्याजको सेवन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।

डकार आउने

प्याजमा प्रसस्त पानीको मात्रा हुने भएकाले यसको अधिकतम प्रयोगले डकार आउने तथा पेट सम्बन्धी समस्या देखिन सक्छ ।

पेट दुख्ने

प्याजमा फाइबरको मात्रा हुने हुनाले यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको छ तर यसको अधिक मात्रामा सेवन गर्नाले शरीरमा बढी भन्दा बढी फाइबर उत्पादन भई कब्जियत तथा पेट दुख्ने समस्या देखा पर्न सक्छ।

ग्यास बन्ने

प्याजमा रहेको फ्रक्टोस तत्वको कारणले गर्दा कतिपयलाई यसको अधिक सेवनले उल्टी हुने , वान्ता आउने ,टाउको दुख्ने , चक्कर लाग्ने आदि समस्या देखिन सक्छ।

एलर्जी हुने

प्याजको एलर्जी हुनेहरुले सकेसम्म यसको सेवन नगर्दा नै उपयोगी हुन्छ।  किनकि यसको सेवनले छाला रातो हुने , घाँटी खसखस गर्ने ,ब्लड प्रेशर कम हुने आदि समस्या देखिन सक्छ।

गर्भवती महिलाको लागि

गर्भवती महिलाले अधिकतम मात्रामा प्याजको सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक रहेको छ।

डाक्टरको उचित सल्लाह

कतिपयले प्याजलाई खानाका साथै  सौन्दर्यको साधनको रुपमा पनि प्रयोग गर्ने गरेका छन। कहिलेकाही यसको प्रयोगले छालामा जलन हुन सक्ने भएकाले सुरुमा केहि परिक्षण गरेर मात्र प्रयोग गर्नु आवश्यक छ। प्याजको रस आँखाको लागि अति उपयोगी मानिन्छ तर यसको प्रयोग गर्नु भन्दा अगाडी विभिन्न प्रकारका इन्फेक्सन हुन नदिनका लागि डाक्टरको उचित सल्लाह लिनु आवश्यक रहेको छ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८२२:२१

यी दुई खाना एकसाथ खाँदा ज्यानै जान सक्छ, थाहा पाइराख्नुस् !