बिहान उठ्ने बित्तिकै गर्नुस् यी ३ काम, दुईगुणा छिटो घट्नेछ तपाइको तौल !

एजेन्सी – व्यस्त जीवनशैली र लापरवाहपूर्ण खान-पानका कारण अहिले धेरैलाई मोटोपनाको समस्या छ। मोटोपना रोगको श्रोत भएको कारण धेरैलाई यसप्रति चिन्ता पनि छ।

शरीरको तौल आवश्यक भन्दा बढि भएमा स्वास्थ्यसम्बन्धि विभिन्न किसिमका समस्याहरु देखिने विज्ञहरुको दावी छ। शरीरलाई फिट राख्नको लागि मोटोपन घटाउन निकै नै आवश्यक छ । यसै कारणले गर्दा मानिसहरु तौल घटाउनको लागि विभिन्न किसीमका प्रयासहरु गर्छन् । तौल घटाउनको लागि मानिसहरु खानासम्म पनि त्याग गर्छन् ।

मोटोपना देखि दिक्क भएकाहरुले छिट्टै तौल घटाउन बिहान उठेपछि निम्न तरिका अपनाउन सक्छन्।

नीम पत्ता

बिहान उठ्ने बितिकै नीम पत्तालाई पानिमा उमालेर पिउनु धेरै फाइदाजनक हुन्छ। शरीरमा भएका विषाक्त पदार्थहरू हटाउनमा यसले भूमिका खेल्छ। यस्तै नीम पत्ताले रगतमा चिनीको मात्रा पनि कम गराउन मद्दत गर्छ।

जीरा पानि

जीरा पानि उमालेर त्यसमा कागती राखी पिउँदा पनि शरीरलाई धेरै फाइदा पुग्छ। बेलुका पानिमा जीर भिजाएर बिहान उठ्ने बितिकै पिउन पनि सकिन्छ। जीरामा पोटेशियम र म्याग्नेशियम हुन्छ, जसकारण शरीरको मेटाबोलिजम बढ्छ।

ध्यान(मेडिटेशन)

शरीरको तौल बढाउन मानसिक तनावको पनि उल्लेख्य भूमिका रहन्छ। यसै कारणले गर्दा तौल घटाउन मानसिक तनाव कम गर्नु पर्ने हुन्छ। तनाव कम गर्ने सबै भन्दा उत्तम तरिका ध्यान(मेडिटेशन) हो। यसै कारण बिहान उठे बितिकै ३० मिनेट ध्यान गर्नु शरीरको लागि धेरै फाइदाजनक हुन्छ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८२२:२४

जाडोसँगै मौसमी फ्लुको जोखिम ! बच्न के गर्ने ?