रोनाल्डोको नजरमा मेस्सी-क्रिस्टियानोले होइन बेन्जेमाले जित्नुपर्छ बालोन डी’ओर !

एजेन्सी – बालोन डी’ओर विजेता ब्राजिलका लिजेन्ड रोनाल्डोले बालोन डी’ओर २०२१ को विजेता बारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। दुई पटक बालोन डी’ओर जितिसकेका रोनाल्डोले इस्टाग्राम मार्फत बालोन डी’ओर २०२१ बारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

यस वर्षको बालोन डी’ओरको मनोनयन सार्वजनिक भैसकेको अवस्थामा रोनाल्डोले इन्स्टाग्राम मार्फत बेन्जेमाले बालोन डी’ओर जित्नुपर्ने बताएका छन्। बेन्जेमाले बालोन डी’ओरको उपाधि निस्सन्देह जित्नुपर्ने रोनाल्डोको भनाई छ।

बेन्जेमा बालोन डी’ओरको हकदार रहेको बताउनेक्रममा रोनाल्डोले गएको दस वर्ष देखि बेन्जेमा उच्च स्तरको खेल प्रदर्शन गरिरहेको उल्लेख गरेका छन्। उनले बेन्जेमालाई सबै भन्दा माथिका विजेता भनेका छन्।

“निस्सन्देह, बालोन डी’ओर को वास्तविक हकदार मेरा लागि बेन्जेमा हुन्। सबै भन्दा उत्कृष्ट स्ट्राइकर, १० बर्ष सम्म उच्च स्तर र सबै भन्दा माथि च्याम्पियन। के तपाईलाई बेन्जेमाले जित्नुपर्छ जस्तो लाग्दैन। “,रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन्।

गएको केहि सिजन देखि रियल म्याड्रिडलाई बेन्जेमाले आफ्नो काँधमा राखेर अगाडी बढिरहेका छन्। पछिल्ला तीन सिजनको कुरा गर्ने हो भने बेन्जेमाले रियल म्याड्रिडका लागि १ सय ४७ खेल खेल्दा ८७ गोल गरेका छन् भने ३१ असिस्ट दिएका छन्। यो संख्या सबै प्रतियोगिताको हो।

उल्लेखनीय कुरा के छ भने, उनले यस सिजन रियल म्याड्रिडका १० खेलमा १० गोल गरेका छन् भने ७ असिस्ट दिएका छन्। त्यति मात्र होइन फ्रान्सले युईएफए नेसन्स लिग जित्दा पनि उनको महत्वपूर्ण भूमिका रह्यो। यस कारणले गर्दा पनि बेन्जेमा बालोन डी’ओरको हकदारको रुपमा अगाडी आएका छन्।

प्रकाशित : शनिबार, असोज ३०, २०७८२०:३३

अलमुताइरीले नेपाल छाड्ने-नछाड्ने बारे तत्काल निर्णय नगर्ने !