सालाह, माने र फर्मिनोको तहल्का, प्रिमियर लिगमा शानदार जित ! [भिडियो सहित]

एजेन्सी – इंगलिश प्रिमियर लिगमा लिभरपुलले शानदार जित निकालेको छ। गए राति भएको खेलमा लिभरपुलले वार्टफोर्ड विरुद्ध शानदार जित निकालेको हो।

लिभरपुलले ५-० को जित निकाल्दा मूख्य तीनै स्ट्राइकरले गोल गरे। मोहमद सलाह, साडियो माने र बबी फर्मिनो तीनै स्ट्राइकरले गोल गर्दा वार्टफोर्ड निरिह बन्न पुग्यो।

खेलको ८ मिनेटमै लिभरपुलले अग्रता लिन सफल भएको थियो। लिभरपुललाई मानेले अग्रता दिलाएका थिए। सलाहको पासमा उनले गोल गरेका थिए। वार्टफोर्ड विरुद्धको खेलमा फर्मिनोले ह्याट्रिक गरे। उनले ३७, ५२ र ९० मिनेट पछि थप गरिएको पहिलो मिनेटमा गोल गरेका थिए। त्यस्तै सलाहले खेलको ५४ औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए।

लिभरपुल दोस्रो स्थानमा

अपराजित यात्रालाई कायमै राख्दा लिभरपुल दोस्रो स्थानमा यथावत छ। नयाँ सिजनका ८ खेल खेल्दा लिभरपुलले ५ जित निकालेको छ भने ३ खेलमा बराबरी खेलेको छ।

प्रिमियर लिगमा लिभरपुलको १८ अंक रहेको छ। लिभरपुल भन्दा अगाडी चेल्सी छ। समान ८ खेलबाट चेल्सीले १९ अंक बटुलेको छ। चेल्सीले अहिले सम्म ६ खेलमा जित निकाल्दा १ खेलमा हार बेहोरेको छ भने १ खेलमा बराबरी खेलेको छ ।

सलाह, माने र फर्मिनोको ट्रियोको तहल्का

गएको सिजन प्रिमियर लिग क्लब लिभरपुलका लागि सुखद रहेन। चोटका कारण आधा दर्जन भन्दा बाढी खेलाडी गुमाउन पुग्दा लिभरपुलले प्रिमियर लिगको उपाधि त जोगाउन सकेन-सकेन, च्याम्पियन्स लिगमा पनि त्यति बलियो देखिएन।

लगातार डिफेन्डरहरु घाइते हुँदा लिभरपुल धेरै नै जटिल अवस्थाबाट गुज्रिन पुग्यो। त्यति मात्र होइन, लिभरपुलको आक्रमण पङ्ती पनि पहिला भन्दा कम्जोर भएको थियो। जुनै एक समयमा विश्वकै घातक ट्रियोको रुपमा तहला मच्चाएको मोहमद सलाह, साडियो माने र बबी फर्मिनोको ट्रियो गएको सिजन खासै जम्न सकेन। फर्मिनो पूरा सिजन फिट रहन सकेनन् भने माने पनि लय गुमाउन पुगे।

तर यस सिजन भने लिभरपुलका तीनै स्ट्राइकर उच्च लयमा देखिएका छन्। सलाह-माने-फर्मिनो ट्रियो लयमा देखिएसँगै लिभरपुल समर्थक उत्साहित भएका छन्।

प्रकाशित : आइतबार, असोज ३१, २०७८१०:५७

क्लोप भन्छन् – ‘सलाह मेस्सी-रोनाल्डो-लेवान्डोव्स्की भन्दा धेरै उत्कृष्ट’