क्लोप भन्छन् – ‘सलाह मेस्सी-रोनाल्डो-लेवान्डोव्स्की भन्दा धेरै उत्कृष्ट’

एजेन्सी – लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले मोहम्मद सलाह र लियोनेल मेस्सी बीचको तुलनालाई सिधै खारेज गरिदिएका छन्। इंगलिश प्रिमियर लिग वार्टफोर्ड विरुद्धको खेलमा शानदार जित निकालेपछि पत्रकारहरुले सोधेको जवाफ दिनेक्रममा क्लोपले सलाह र मेस्सी बीचको तुलनालाई सिधै खारेज गरिदिएका हुन्।

क्लोपले सलाह मेस्सीसँग तुलना नहुने मात्र बताएनन्, सलाह हालको अवस्थामा विश्वकै सबै भन्दा उत्कृष्ट खेलाडी रहेको पनि बताए। सलाह आफ्ना लागि मात्र उत्कृष्ट खेलाडी रहेको नभई उनी कुन स्तरका खेलाडी हुन् भन्ने उनको खेल प्रदर्शनले देखाइरहेको क्लोपको भनाई छ।

रोबर्ट लेवान्डोव्स्की, लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडी हालको अवस्थामा उच्च स्तरको खेल प्रदर्शन गरिरहेको भएपनि सलाह छुट्टै स्तरमा रहेको क्लोपले बताए।

“मेरा लागि उनी नै सर्वोत्कृष्ट खेलाडी हुन्। म उनलाई हरेक दिन देख्छु र म सजिलै सँग भन्न सक्छु। अहिले शिर्ष खेलाडीमा लेवान्डोव्स्की छन्, रोनाल्डो अझै गोल गरिरहेका छन्, मेस्सी पनि उस्तै अवस्थामा छन्। तरपनि हालको अवस्थामा निश्चित रूपमा सर्वोत्कृष्ट खेलाडीको सूचीमा सलाह शिर्ष स्थानमा पर्छन्।”,क्लोपले भने। सलाहका पछिल्ला प्रदर्शनहरुले हालको अवस्थामा मेस्सी, रोनाल्डो र लेवान्डोव्स्की जस्ता खेलाडीहरुलाई पनि पछि पपरेको क्लोपको भनाई छ।

वार्टफोर्ड विरुद्धको खेलमा सलाहले फर्मिनोबाट पाएको पासलाई पेनाल्टी बक्स भित्रै वार्टफोर्डका कयौं खेलाडीहरुलाई छक्याएर गोल गर्न सफल भएका थिए। सलाहले त्यस्तै गोल केहि समय अगाडी म्यानचेस्टर सिटी विरुद्ध पनि गरेका थिए। त्यसक्रममा क्लोपले उक्त गोललाई विश्वस्तरीय भनेका थिए।

प्रकाशित : आइतबार, असोज ३१, २०७८१२:३४

“यहि वर्ष १५ रेकर्ड बनाएका रोनाल्डोले बालोन डी’ओर नजित्ने कुरा पनि हुन्छ?”