“यहि वर्ष १५ रेकर्ड बनाएका रोनाल्डोले बालोन डी’ओर नजित्ने कुरा पनि हुन्छ?”

एजेन्सी – यस वर्षको बालोन डी’ओरको मनोनयन सार्वजनिक भैसकेको छ। फ्रान्स फुटबलले सार्वजनिक गरेको मनोनयममा पछिल्लो समय उच्च प्रदर्शन गरिरहेका ३० खेलाडी परेका छन्। मनोनयनको सूचीमा लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्कि जस्ता खेलाडीको नाम समावेश छ।

मनोनयन सार्वजनिक भएसँगै बालोन डी’ओरको वास्तविक हकदार को भनेर चर्चा पनि शुरु भएको छ। यसमा चर्चित खेलाडी, पूर्वखेलाडी देखि फुटबलका जानकार सम्मले आफ्नो-आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्।

यसै बीच रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेजले यसपालि बालोन डी’ओरको सबै भन्दा बढी हकदार रोनाल्डो रहेको बताएका छन्। फ्रान्स फुटबलसंग कुराकानी गर्नेक्रममा मेन्डेजले बालोन डी’ओरको वास्तविक हकदार रोनाल्डो रहेको दावी गरेका हुन्।

सिरी ‘ए’मा तथा युरोपियन च्याम्पियनशिपको शिर्ष गोलकर्ता भएको नाताले रोनाल्डो बालोन डी’ओरको हकदार रहेको मेन्डेजले बताए। गएको वर्षहरुमा भन्दा यस यस वर्ष रोनाल्डो अझ बढी बालोन डी’ओरको हकदार रहेको उनको भनाई छ।

“३६ वर्षको उमेरमा पनि यस्तो अद्वितीय स्थिरता, प्रतिबद्धता र कठिनाइहरु लाई पार गर्ने एक अभूतपूर्व क्षमताका कारण रोनाल्डो वास्तवमै उत्कृष्ट छन्। मेरो बिचारमा उनी यस बर्ष ब्यालोन डी’ओर को वास्तविक हकदार हुन्। यो वर्ष उनी अझ बढी लायक छन्।”,उनले भने।

रोनाल्डोले युरोपका विभिन्न तीन देशमा उपाधि जितिसकेको स्मरण गर्दै उनले रोनाल्डो निस्सन्देह विश्वको सबै भन्दा उत्कृष्ट खेलाडी रहेको बताए। यस वर्ष मात्र रोनाल्डोले १५ रेकर्ड तोडेको उनको भनाई छ।

प्रकाशित : आइतबार, असोज ३१, २०७८१७:२३

हिमचितुवाले उचाले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ को उपाधि