काठमाडौँ – सोमबार दिउँसो भूकम्प गएको छ। सोमबार १ बजेर ४६ मिनेट जाँदा भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दू सिन्धुपाल्चोकको पाङफुङ रहेको बताइएको छ।
१ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको र भूकम्पको धक्का काठमाडौँ उपत्यका सहित आसपासका जिल्लाहरुमा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
आइतबार मात्रै पनि गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको थियो। गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो। आइतबार बिहान ४ बजेर ९ मिनेट जाँदा ४ दशमलब ३ रेक्टर स्केलको परकम्प गएको थियो।
विस २०७२ को महाभूकम्पपछि सना-ठूला पराकम्पहरु जानेक्रम जारी छ। महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। विज्ञहरुका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा छ वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।
जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहने र भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको हुँदा यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने विज्ञहरुले बताएका छन् ।