आशिर्वाद थाप्दा मख्ख सुहाना फोटोशुटमा यति धेरै खुलिन्, हेर्नुहोस् तस्विर सहित]

काठमाडौँ – डेब्यू चलचित्रबाटै चर्चामा आएकी नायिका सुहाना थापा अहिले अमेरिकामा छिन्। चलचित्र ‘ए मेरो हजुर ४’को छायाँकन सकाएपछि सुहाना अमेरिका फर्किएकी थिइन्।

सुहाना लामो समय देखि अमेरिकामै रहने गरेकी छन्। अमेरिकामै अध्यनरत उनी आमा झरना थापा र पिता सुनिल कुमार थापासँगै रहनेगरेकी छन्। सुहानाले दशैँ पनि अमेरिकामै मनाइन्। सुहानाकी आमा झरनाले दशैंका केहि तस्विरहरु सामाजिक संजालमा सार्वजनिक पनि गरेकी छन्।

ती तस्विरहरुमा झरना, सुनिल र सुहाना दशैंको टीकामा रमाइरहेको देखिएको छ। आमा झरना र पिता सुनिल दुवैले सुहानालाई आशिर्वाद दिरहेको तस्विरमा देख्न सकिन्छ।

सुहानाले नेपाली चलचित्र क्षेत्रमा ‘ए मेरो हजुर ३’बाट डेब्यू गरेकी थिइन्। पहिलो चलचित्रबाट नै उनी चर्चामा आएकी थिइन्। सुहाना दोश्रो चलचित्र रिलिजको प्रतिक्षामा छिन् ।

सुहाना सामाजिक संजालमा पनि चर्चित छिन्। सामाजिक संजालमा उनले अपलोड गरेका तस्विरहरुमा हजारौं लाइक र कमेन्ट आउने गरेका छन्। धेरै जस्तो प्रशंसकहरु उनलाई गुडिया भन्न रुचाउँछन्।

उनै गुडियाले दशैं चलिरहेकै बेला केहि बोल्ड तस्विरहरु सार्वजनिक गरेकी छन्। सुहानाले फेसबुक तथा इन्स्टाग्राम मार्फत सुन्दत फोटोशुटका केहि झलक सार्वजनिक गरेकी हुन्। तस्विर सार्वजनिक गर्दा उनले सन्तुलन महत्वपूर्ण हुने कुरा पनि उल्लेख गरेकी छन्।

तस्विर : सामाजिक संजाल

प्रकाशित : सोमबार, कार्तिक ०१, २०७८१५:२७

अभिनेत्री आचल शर्मा श्रीमानको साथमा देखिइन् यस्तो अवतारमा, तस्बिर सहित!