भोलि सार्वजनिक बिदा ! कहाँ र कसलाई ?

काठमाडौँ – सरकारले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ। धर्मगुरु पैगम्बर महम्दको जन्म जयन्ती १४९६ का अवसरमा सरकारले मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २ गतेका लागि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दिए।

प्रदेश-२ मा सार्वजनिक बिदा

संघीय सरकारले मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेपनि प्रदेश-२ सरकारले भने प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रकाशित : सोमबार, कार्तिक ०१, २०७८१८:१०

भारी वर्षाको सम्भावना : सतर्क रहन प्रहरीको आग्रह