सलाहलाई चाहियो रोनाल्डो भन्दा बढी पारिश्रमिक, डिमाण्ड सुन्दा अचम्म लाग्न सक्छ ! कति ?

एजेन्सी – नयाँ सिजन शुरु भएयता लिभरपुलका मोहम्मद सलाह लगातार विश्वस्तरीय प्रदर्शन गरिरहेका छन्। गएको ४ सिजन देखि एकनासको प्रदर्शन गरिरहेका सलाह नयाँ सिजनमा झनै उच्च लयमा देखिएका छन्।

म्यानचेस्टर सिटी र वार्टफोर्ड विरुद्ध गरेका गोलले सलाहको चर्चा थप बढाएको छ। सलाहको दुवै गोल प्रिमियर लिगमा यस सिजनमा भएका उत्कृष्ट गोलमा पर्छन्।

नयाँ सिजन शुरु भएपछि सलाहले प्रिमियर लिगमा सर्वाधिक ७ गोल गरिसकेका छन् भने उनले ४ असिस्ट दिसकेका छन्। यस हिसाबले नयाँ सिजनमा ११ गोलमा सलाहको संलग्नता रह्यो।

लिभरपुलको पछिल्ला सफलताको मुख्य शुत्रधार बनिरहेका सलाहको सम्झौता पनि केहि समय देखि चर्चामा छ। सलाहको लिभरपुलमा सन् २०२३ सम्मका लागि सम्झौता छ। सम्झौता नवीकरणका लागि सलाह पक्ष र लिभरपुल बीच छलफलहरु भैरहेका छन्। यधपी छलफलहरु निष्कर्षमा पुग्न भने सकेका छैनन्।

पारिश्रमिकलाई लिएर दुई पक्षबीच सहमति हुन नसक्दा सम्झौता थपको विषय टुंगिन नसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरु बताउँछन्। सलाहले सम्झौता नवीकरण गर्न धेरै उच्च परिश्रमिकको डिमाण्ड गरेको बताइन्छ।

बाहिर आएको सूचना अनुसार, सलाहले अहिले साप्ताहिक २ लाख ३७ हजार युरो पारिश्रमिक पाइरहेका छन्। तर सम्झौता थप गर्दा सलाह आफ्नो पारिश्रमिक बढोस् भन्ने चाहन्छन्। सलाहले साप्ताहिक ५ लाख ९२ हजार युरो पारिश्रमिक माग गरिएको बेलायती मिडियाहरुको दावी छ।

सलाहले माग गरेको पारिश्रमिक म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोले पाउँदै आएको भन्दा पनि बढी हो। सलाहले माग गरेजति पारिश्रमिक पाउँछन् भने उनी लिभरपुल र प्रिमियर लिगकै सर्वाधिक पारिश्रमिक पाउने खेलाडी हुनेछन्।

प्रकाशित : सोमबार, कार्तिक ०१, २०७८२०:१६

गत वर्ष दुई पटक हराएको शाख्तरको सामना गर्दै रियल ! खेल कुन च्यानलमा हेर्ने ?