मौसममा व्यापक बदलि, देशभर वर्षा ! कहिले सम्म ?

काठमाडौँ – बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले गर्दा नेपालको मौसममा बदलि हुन थालेको छ। अहिले देशको अधिकांश भू-भागमा सामान्य बदली रहि देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा भैरहेको छ। प्रदेश न १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी बर्षा समेत भएको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज दिउँसो प्रदेश १, प्रदेश न २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश र प्रदेश न १ का केही स्थानहरु र प्रदेश न २, लुम्विनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा वागमती प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

कस्तो रहला आगामी तीन दिनको मौसम ?

२०७८ कार्तिक ०२ गते (मंगलवार)

दिउँसो:

देशभर सामान्य देखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश न २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश र प्रदेश न १ का केही स्थानहरु र प्रदेश न २, लुम्विनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा वागमती प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती:

देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । प्रदेश १ र लुम्विनी प्रदेशका थोरै स्थानहरू, वागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०७८ कार्तिक ०३ गते (बुधवार)

दिउँसो:

देशभर सामान्य देखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुका साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै र लुम्विनी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती:

देशभर सामान्य बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १ र प्रदेश नं २ का एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०७८ कार्तिक ०४ गते (बिहिवार)

दिउँसो:

प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य वदली रही सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:

प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य वदली रही सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक वदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०२, २०७८०८:१५

सेतीमा पानीको बहाव वार्निङ प्वाइन्ट भन्दै माथि, मोटर पुल नै खतरामा !