१६ वर्ष पछि मेस्सी-रामोस बिनाको एल क्लासिको, बेन्जेमा भन्छन् -‘फरक पर्दैन’

एजेन्सी – विश्वकै चर्चित फुटबल महाभिडन्तको रुपमा लिइने एल क्लासिको नजिकिँदै छ। सन् २०२१-२२ को सिजन शुरुभएपछिको पहिलो एल क्लासिकोका लागि एक हप्ता पनि समय छैन। स्पेनिस ला लिगाका धेरै पूराना प्रतिद्वन्दी बार्सिलोना र रियल म्याड्रिडले आउने आइतबार एक-अर्काको सामना गर्नेछन्। खेल नेपाली समय अनुसार आउने आइतबार रातको ८ बजे शुरु हुनेछ।

फुटबल रुचाउनेहरुले धेरै चासोका साथ हेर्ने एल क्लासिको यस पटक भने धेरै नै फरक हुनेछ। इतिहाँसमा सबै भन्दा बढी एल क्लासिको खेलेका दुई खेलाडी यस पटक देखिने छैनन्।

यसपालि न त रियल म्याड्रिडमा सर्जियो रामोस हुनेछन्, न त बार्सिलोनामा लियोनेल मेस्सी नै। सबै भन्दा बढी एल क्लासिको खेलेका दुवै खेलाडी यसपटक एल क्लासिकोमा देखिने छैनन्। दुवैले समान ४५ एल क्लासिको खेलका छन्।

यसै सिजन दुवैले स्पेन छाडेका हुन्। अहिले दुवै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)मा छन्। कुनै बेला एक अर्काका प्रतिद्वन्दी रामोस र मेस्सी एकै क्लबमा पुगेका छन्।

रामोस र मेस्सी नहुँदा एल क्लासिको खल्लो हुने चर्चा पनि चलिरहेको छ। तर, रियल म्याड्रिडका स्टार स्ट्राइकर करिम बेन्जेमा भने केहि खेलाडी जाँदैमा एल क्लासिकोको रोमान्चक्ता हराएर नजाने बताउँछन्।

एल क्लासिकोका लागि केहि दिन मात्र बाँकी रहेको अवस्थामा एक मिडियासंग कुराकानी गर्दा बेन्जेमाले एल क्लासिको इतिहाँस धेरै पूरानो रहेको र क्लबहरुमा खेलाडी परिवर्तन हुँदैमा रोमान्चक्ता हराएर नजाने बताए।

“मेरो लागि, एल क्लासिको अझै उस्तै छ। अझै पनि मेरा लागि यो फुटबलमा सबै भन्दा राम्रो खेल हो। कुन क्लबका को छ भन्ने कुराले फरक पार्छ जस्तो लाग्दैन। कसले बार्सिलोना र रियल छाड्यो भन्ने कुराले एल क्लासिकोको रोमान्चक्ता निर्धारण गर्दैन। यो त कयौं वर्ष देखि रोमान्चक छ।”,बेन्जेमाले भने। उनले बार्सिलोना र रियल म्याड्रिड बीचको प्रतिष्पर्धा ऐतिहासिक रहेको पनि बताए।

उनले भने,”यो अझै फुटबलमा सबै भन्दा राम्रो खेलको रुपमा छ। बार्सिलोना-रियल ऐतिहासिक छन्। को गयो, को आयो भन्ने कुरामा एल क्लासिकोको रोमान्चक्ताको मापन हुन सक्दैन।”

प्रकाशित : मङ्गलबार, कार्तिक ०२, २०७८१४:४३

रोनाल्डोका कारण जाने भयो ओलेको जागिर, आउने भए नयाँ प्रशिक्षक ! को ?