एजेन्सी – स्टार खेलाडीहरुले भरिएको इंगलिस प्रिमियर लिग म्यानचेस्टर युनाइटेडको प्रदर्शन खासै सन्तोषजनक छैन। केहि दिन अगाडी मात्रै युनाइटेड लेस्टर सिटीसंग हार्न पुग्यो। युनाइटेड लेस्टरसंग ४-२को गोल अन्तरले पराजित भएको थियो।
गएको केहि वर्ष देखि युनाइटेड उपाधि विहिन् छ। युनाइटेडले पछिल्ला वर्षहरुमा कुनै पनि उपाधि जित्न सकेको छैन। उपाधि जित्नैका लागि युनाइटेडले कयौं उत्कृष्ट भनिएका खेलाडी भित्र्याइसक्यो। तर पनि प्रदर्शन भने खासै उत्कृष्ट हुन सकिरहेको छैन।
सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि पछिल्लो समय युनाइटेडका प्रशिक्षक ओले गुन्नार सोल्साएर बर्खस्त हुने चर्चा चलिरहेको छ। ओलेले बर्खास्त गर्न युनाइटेड भित्र छलफल शुरु भैरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरु बताउँछन्।
बताइएअनुसार, युनाइटेडका केहि खेलाडीहरु समेत ओलेको विकल्प खोजिनुपर्ने पक्षमा रहेका छन्। गएको केहि समय देखि क्रिस्टियानो रोनाल्डोले पनि ओलेको विकल्प खोज्न लबिङ गरिरहेको बताइन्छ।
को छन् रोनाल्डोको प्राथमिकतामा ?
रोनाल्डोको मूख्य प्राथमिकता रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान रहेका छन्। रियल म्याड्रिडलाई कयौं पटक च्याम्पियन्स लिग तथा लालिगा जिताएका जिदानलाई ओलेको ठाउँमा ल्याइनुपर्ने पक्षमा रोनाल्डो रहेको बेलायती संचार माध्यमहरुको दावी छ। त्यसको लागि रोनाल्डोले भित्र-भित्रै लबिङ समेत गरिरहेको बताइएको छ।
दबावका ओले
रोनाल्डो युनाइटेड फिर्ता भएसँगै ओले दबावमा परेको चर्चा पनि छ। उपाधि जित्नकै लागि युनाइटेड आएका रोनाल्डो जसरी पनि उपाधि जित्ने मनस्थितमा रहेको र त्यसका लागि उनले प्रशिक्षक परिवर्तन गर्न क्लबलाई दबाव दिने बेलायती पत्रकारहरु बताउँछन्।

