रोनाल्डो आएपछि किन सेलाए पोग्बा ? काराघेरले केलाए कारणहरु !

एजेन्सी – लिभरपुलका पूर्व डिफेन्डर जेमी काराघेरले म्यानचेस्टर युनाइटेडमा क्रिस्टियानो रोनाल्डोको आगमन पछि विभिन्न नकारात्मक असर परेको बताएका छन्।

एक मिडियासँग कुराकानी गर्नेक्रममा काराघेरले रोनाल्डोको आगमनले युनाइटेडका विभिन्न खेलाडीहरुमा नराम्रो असर परेको र त्यसले खेलाडीहरुको प्रदर्शनमा प्रभाव पारिरहेको बताएका हुन्।

काराघेरले रोनाल्डोको आगमनपछि पल पोग्बाको स्वतन्त्रता खोसिएको र त्यसको सिधा असर युनाइटेडलाई परिरहेको काराघेरले बताए। काराघेरका अनुसार रोनाल्डो आउनु भन्दा अगाडी जस्तो पोग्बा प्रभावकारी हुन सकेका छैनन्। ती सबै रोनाल्डोका कारण भएको उनको आरोप छ।

रोनाल्डो आउनु भन्दा अगाडी मिडफिल्डका साथ-साथै देब्रे तर्फबाट आक्रमण पनि सम्हाल्थे तर उनी अहिले मिडफिल्डमा मात्र केन्द्रित हुन बाध्य भएको काराघेरले बताए।

“पहिलो कुरा यो हो कि पोग्बा मिडफिल्डबाट बाहिर आउनु पर्छ। पहिला मिडफिल्डबाट बाहिर आउन पाएपनि अहिले उनी मिडफिल्डमै सिमित भएका छन्। यी सबै रोनाल्डो आएपछि भएको हो।”,काराघेरले भने।

पोग्बाले सेन्टर मिडफिल्डमा खेल्न थालेसँगै उनी टीमबाट विच्छेद हुन पुगेको काराघेरको भनाई छ। पोग्बा मिडफिल्डमा खेल्न पर्याप्त अनुशासित नभएको काराघेर बताउँछन्।

उनी भन्छन्,”पोग्बासंग धेरै विकल्प भएर पनि उनले रोनाल्डो आएपछि सेन्टर मिडफिल्डबाट खेल्न पर्यो। त्यसैले नै उनले टीम र गोलबाट विच्छेद गरायो। उनी सेन्टर मिडफिल्डबाट खेल्न पर्याप्त अनुशासित छैनन्। म उनी टीमबाट आउट हुनुपर्छ त म भन्दिन, तर उनी सेन्टर मिडफिल्डमा चाहिं हुन हुँदैन।”

प्रकाशित : मङ्गलबार, कार्तिक ०२, २०७८१९:२५

जब बार्सिलोनाले एम्बाप्पे भित्र्याउने मौका गुमायो …