रोनाल्डो एक्लैले यी ठूला भनिएका क्लब भन्दा बढी च्याम्पियन्स लिग खेल जितेका छन्, कति ?

क्रिस्टियानो रोनाल्डो बिना शंका नै च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा महान खेलाडी हुन्। पोर्चुगलका सुपरस्टारले आफ्नो क्यारियरमा पाँच च्याम्पियन्स लिग जितेका छन्, एक पटक वर्तमान क्लब म्यानचेस्टर युनाइटेडसँग र रियल म्याड्रिडमा चार पटक।

रोनाल्डो १३६ गोलका साथ च्याम्पियन्स लिगका सर्वकालीन अग्रणी गोलकर्ता हुन् र ३६ वर्षीय खेलाडीको ४२ असिस्टको सङ्ख्या प्रतियोगिताको इतिहासमा अरु कुनै खेलाडी भन्दा धेरै हो। यस प्रतियोगितामा अन्य सबै खेलाडीलाई पछाडी छाडीसकेका ५ पटकका ब्यालुन डी ओर विजेता जीतको मामलामा सम्पूर्ण क्लबहरुसँग प्रतिस्पर्धा गर्दैछन्।

१९९२-९३ सिजनबाट क्लब प्रतियोगिता च्याम्पियन्स लिगको नामले चिनिन थाल्यो, जसपछि मात्र ४ क्लबले रोनाल्डोले भन्दा बढी जीत हात पारेका छन्। युभेन्टस, चेल्सी, आर्सनल र एसी मिलान जस्ता ठूला क्लबले रोनाल्डोको तुलनामा कम जीत हासिल गरेका छन्, जुन वास्तवमै उल्लेखनीय छ।

हामीलाई विश्वास गर्नुहुन्न? ठिक छ, तल ट्रान्सफरमार्केट द्वारा प्रदान गरिएको प्रमाणमा एक नजर दौडाउनुहोस्…

लिभरपुल, इन्टर मिलान, बोरुसिया डर्टमुण्ड, एट्लेटिको म्याड्रिड र पेरिस सेन्ट जर्मेन जस्ता क्लब यस ग्राफिकमा छैनन्, जसको मतलब यी सबै क्लबले रोनाल्डो भन्दा कम से कम ३३ कम खेल जितेका छन्। कुनै आश्चर्य छैन पोर्चुगिज दिग्गजलाई नियमित रूपमा मिस्टर च्याम्पियन्स लीगको रूपमा उल्लेख गरिन्छ।

प्रकाशित : बुधबार, कार्तिक ०३, २०७८१३:३८

च्याम्पियन्स लिगमा आज: बार्सिलोना युरोपा खेल्ने पक्का हुनसक्छ, रोनाल्डो पनि याक्सनमा !