च्याम्पियन्स लिगमा आज: बार्सिलोना युरोपा खेल्ने पक्का हुनसक्छ, रोनाल्डो पनि याक्सनमा !

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार तेस्रो चरणको खेल अन्तर्गत समूह ई देखि एच सम्मका खेल हुँदैछन् । केहि टोली अघिल्लो चरणमा स्थान पक्का गर्ने सम्भावना मजबूत गर्न चाहन्छन् भने केहि टोली उक्त सम्भावना जीवित राख्ने प्रयासमा हुनेछन् ।

आज राति नेपाली समय अनुसार १०:३० बजे दुई खेल हुँदैछन्। पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोनाले डिनामो किभको सामना गर्दैछ। दुबै टोली आफ्नो पहिलो जीतको खोजीमा रहेका छन्। त्यस्तै, सोहि समयमा हुने अर्को खेलमा साल्सबर्ग र वुल्फ्सबर्ग बीच भिडन्त हुँदैछ।

त्यस्तै, निकै उत्कृष्ट लयमा रहेको जर्मन च्याम्पियन बार्यन म्युनिखले पोर्चुगिज क्लब बेन्फिकाको सामना गर्दैछ। राति १२:४५ बाट सुरु हुने खेलमा जीत हात पार्दै समूहको शीर्ष स्थानमा पुग्ने दाउमा दुबै टोली हुनेछन्। समूह एफ अन्तर्गतका खेलमामा म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एटालान्टाको सामना गर्दा भिल्लारियल र योंग्स बोइज बीच प्रतिस्पर्धा हुँदैछ।

साबिक विजेता चेल्सीले आजै माल्मोको सामना गर्दैछ भने इटालियन महारथी युभेन्टसले रसियन क्लब जेनिथ विरुद्ध भिड्दै छ। समूह जी को अर्को खेलमा फ्रेन्च च्याम्पियन लिलले स्पेनिस क्लब सेभिल्लाको सामना गर्दैछ।

प्रकाशित : बुधबार, कार्तिक ०३, २०७८१६:१२

राष्ट्रिय टोलीमा अलमुताइरीको भविष्य बारे भयो यस्तो खुलासा, के भयो त निर्णय !