भोलि ४ कार्तिक २०७८ बिहिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको दिन अनुकुलताले भरिपूर्ण रहनेछ । हातमा लिएको सबै काममा  सफलता मिल्दा मनमा हर्ष र  प्रसन्नता रहनेछ । आर्थिक क्षेत्रमा तपाईको दिन लाभदायक साबित होला  ।  उत्तम वस्त्र र  भोजन मिल्नेछ  ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको मन अनेक प्रकारको चिन्ताले  घेरिरहनेछ ।  तपाईको स्वास्थ्य मध्यम रहला विशेषगरी आँखामा पीडा होला आफन्त र  परिवारसँग मनमुटाव होला । अधिक मात्रामा खर्च होला  । उचित पारिश्रमिक नमिल्दा मनमा निराशा उत्पन्न होला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको दिन विभिन्न लाभ प्राप्त हुनेवाला छ ।  परिवारमा श्रीमती र छोराको तर्फबाट लाभ प्राप्त होला  ।  मित्रसंगको भेटले मन आनन्दित रहनेछ । विवाह गर्न उत्सुक व्यक्तिले जीवनसाथीसँग भेट हुनेछ आनन्द दायक यात्रा हुने योग छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

पेसा वा व्यवसाय गर्ने व्यक्तिको लागि दिन लाभदायक छ ।  पेसागत व्यक्तिले उच्च पदाधिकारीको कृपा दृष्टिको कारण पदोन्नति  होला आमासँग सुमधुर सम्बन्ध रहनेछ । सरकारको तर्फबाट लाभ र सांसारिक सुख वृद्दि होला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको दिन मध्यम फलदायी होला  । धार्मिक र मांगलिक कार्यमा उपस्थित हुनुहुनेछ ।   धार्मिक यात्राको आयोजन होला ।  स्वास्थ्य मध्यम रहनेछ । विदेशमा रहने आफन्तको समाचार प्राप्त होला। उच्च अधिकारीसँग सावधानीपुर्वक व्यवहार गर्नुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ काम सुरु नगरेकै ठिक होला  ।  बाह्य खाद्य पदार्थ सेवन गर्दा स्वास्थ्य खराब हुन सक्ला ।  पारिवारिक सदस्यसँग मनमुटाव हुन सक्ला । पानीबाट टाढा नै रहनुहोला । उचित पारिश्रमिक नमिल्दा मन उदास रहनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईको दिन सफलता र् आनन्दमा बित्नेछ  । सार्वजनिक जीवन सम्बन्धि कार्यमा सफलता र सिद्दी मिल्नेछ ।  विशेषगरी  विपरित लिंगीय व्यक्ति तपाईको जीवनमा छाईरहनेछ  ।  शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आकस्मिक घटना घट्नेछ ।  तपाईको हातमा आएको अवसर गएको अनुभव होला। पारिवारिक सदस्यसँग मतभेद होला। माइती पक्षबाट खबर प्राप्त होला नयाँ कार्य योजनाको आरम्भ नगर्नुहोला । विरोधी प्रतिस्पर्धीबाट बच्नुहोला  ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईको दिन मिश्र फलदायी रहला । पेट सम्बन्धि समस्याले सताउनेछ । सन्तानको स्वास्थ्य र पढाईको सम्बन्धमा चिन्ताले मन निराश रहनेछ  ।  कार्य सफलता नमिल्दा क्रोधित रहनुहुन्छ । साहित्य र लेखन क्षेत्रमा रुची रहनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईको दिन प्रतिकुलतामय रहला। जसकारण मनमा खिन्नता  अनुभव होला शरीर मा स्फूर्ति र ताजगी रहला। सार्वजनिक जीवनमा मानहानी होला । छातीमा पिडा होला । स्त्री मित्र सँग काम गर्ने मौका प्राप्त होला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाई तन -मनबाट प्रसन्न रहनुहुन्छ ।  मनमा छाएको चिन्ताको बादल टाढा हुनाले  उत्साह बढ्नेछ ।  छोटो यात्रा होला मित्र तथा आफन्तसंग भेट हुँदा मन प्रसन्न रहनेछ ।  कार्यक्षेत्रमा प्रभावकारी परिणाम प्राप्त होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

रिसको कारण कसैसँग झगडा वा मनमुटाव होला । शारीरिक कष्ट अनुभव होला । विशेष रुपले आँखाको ध्यान राख्नुहोला  ।  पारिवारिक सदस्य र प्रेमीजनद्वारा घरमा विरोधको वातावरण बन्नेछ । खानपिनमा ध्यान राख्नुहोला ।

प्रकाशित : बुधबार, कार्तिक ०३, २०७८१७:५२

आज कार्तिक ४ गते बिहिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !