सुनको मूल्य बढेको बढ्यै: ७७ दिन यताकै महँगो भयो ! कति ?

काठमाडौँ – कार्तिक महिना लागेपछि लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको छ। असोज महिनाको अन्त्य देखि नै बढ्न थालेर कार्तिक लागेपछि लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ७ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैंयाँले नै बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन ९१ हजार २ सय रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

यस अगाडी छापावाला सुन कार्तिक १ गते ९१ हजार ३ सय र कार्तिक ३ गते ९१ हजार ४ सय रुपैंयाँमा कारोबार भएको थियो। तेजाबी सुन भने १ गते ९० हजार ८ सय र कार्तिक ३ गते ९० हजार ९ सय रुपैंयाँमा कारोबार भएको थियो।

सुन २ महिना भन्दा बढी समय यताकै महँगो

पछिल्लो वृद्धिसँगै सुन साउनको चौंथो हप्ता यताकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सुन साउन २१ गते यताकै महँगो हो। त्यस दिन छापावाला सुन ९२ हजार र तेजाबी सुन ९१ हजार ५ सय रुपैंयाँमा कारोबार भएको थियो।

चाँदी

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा चाँदीको मूल्य तोलामा रु २५ ले बढेर १ हजार २ सय ६० रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

प्रकाशित : बिहिबार, कार्तिक ०४, २०७८११:०९

जमरा सेलाउन नपाउँदै चिसियो किसानको मन