क्रिस्टियानो रोनाल्डोले बुधबार राति म्यान्चेस्टर युनाइटेडका लागि च्याम्पियन्स लिग निर्णायक गोल गरेपछि शुद्ध जोशको प्रतिक्रिया दिए। इटालियन क्लब एटलान्टा विरुद्धको खेलमा २-० ले पछि परेको स्थितिलाई उल्ट्याउँदै ३-२ को जीत निकाल्ने क्रममा ५ पटकका ब्यालुन डी ओर विजेताले उत्कृष्ट हेडर गोल गर्न सफल भए।
पहिलो हाफमा मारियो पासालिक र मेरिह डेमिरलले गोल गर्दै इटालियन क्लबलाई २-० को अग्रता दिलाएका थिए। जसपछि युनाइटेडका मार्कस राशफोर्ड र ह्यारी म्यागुइरेको गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भए। त्यसपछि, निर्धारित समयबाट नौ मिनेट अगाडी च्याम्पियन्स लिग इतिहास कै सार्वाधिक गोलकर्ता लगातार दोस्रो च्याम्पियन्स लिग खेलमा विजयी गोल लिएर आए।
https://twitter.com/i/status/1450947956060954627
उक्त गोलपछि निकै प्रसिद्ध ‘सिउउ’ सेलिब्रेसन नगरी उनले घुँडा टेकेर स्लाइड गर्दै सेलिब्रेसन गरे। र जब रेफ्रीले खेल सकिएको घोषणा गरे रोनाल्डो निकै भाविक देखिए। खेलको अन्तिम सिट्ठी बजेसँगै घुँडा टेकेर जसरी रोनाल्डोले सेलिब्रेसन गरे, त्यसबाट प्रष्ट देखियो कि उक्त जीत रोनाल्डोका लागि कति महत्वपूर्ण छ भनेर।
यस खेलअघि खेलेका पछिल्ला ५ खेल मध्ये मात्र एक खेलमा जीत निकाल्न सफल भएको युनाइटेडका लागि आइतबार लिभरपुल विरुद्ध खेल्नु अगाडी यस जीत निकै महत्वपूर्ण हुनसक्छ। एटलान्टा विरुद्ध गरेको गोल ३६ वर्षीय स्ट्राइकरको १३७ औं च्याम्पियन्स लिग गोल थियो भने करियरको १४० औं हेडर गोल थियो।