रोनाल्डोले जोगाइदिए ओलेको जागिर !

एजेन्सी – इंगलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा जित निकालेसँगै प्रशिक्षक ओले गुन्नार सोल्साएरको जागिर जोगिएको छ। पछिल्ला केहि खेल देखि राम्रो प्रदर्शन गर्न नसकेपछि बर्खास्तीको उत्तरार्धमा रहेका ओलेको जागिर बुधबारको जितसँगै जोगिएको हो।

क्रिस्टियानो रोनाल्डोको आगमन पछि बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएपनि युनाइटेडले पछिल्ला केहि खेलहरुमा राम्रो प्रदर्शन गर्न सकेको थिएन। जसपश्चात ओलेको कार्यक्षमता माथि प्रश्न उठेको थियो। युनाइटेड ओलेको विकल्पको खोजिमा जुटेको खबर समेत आएको थियो। युनाइटेडले ओलेको ठाउँमा कसलाई ल्याउने भनेर छलफल चलाएको र विभिन्न विकल्पहरु बारे अध्ययन गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका थिए।

बुधबारको जितसँगै ओलेको बर्खास्ती केहि समयका लागि टरेको छ। बुधबार राति भएको खेलमा युनाइटेदले एटलान्टालाई पराजित गरेको थियो। युनाइटेडको गोलमा मार्कस रासफर्ड, ह्यारी मगाएर र क्रिस्टियानो रोनाल्डोले गोल गरे।

रोनाल्डोले बचाइदिए ओलेको जागिर

खेलको पहिलो हाफमै युनाइटेडले दुई गोल बेहोर्न पुगेको थियो। खेलको १५ औं मिनेटमा नै मारियो पासलीचले गोल गरेका थिए भने २९ औं मिनेटमा मेरिह डेमिरालले एटलान्टाका लागि दोस्रो गोल गरेका थिए। पहिलो हाफमा युनाइटेडले खासै राम्रो प्रदर्शन गर्न सकेन।

दोस्रो हाफको ५३ औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दा युनाइटेडलाई खेलमा फर्काए। ७५ औं मिनेटमा ह्यारी मगाएरले युनाइटेडका लागि दोस्रो गोल गरे। बराबरीमा टुंगिन लागिसकेको खेलमा रोनाल्डो निर्णायक सावित भए। ८१ औं मिनेटमा रोनाल्डोले हेडरमार्फत गोल गरे। लुक शाको क्रसलाई ६ यार्ड बक्सनजिकबाट गोल गरेसँगै ओलेको जागिर जोगियो ।

रोनाल्डोको प्रशंसा

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुन्नर सोल्सजायर बुधबार एटलान्टालाई पराजित गरेपछि आफ्नो स्टार फरवार्डको प्रशंसा गरेर थाकेनन्। पोर्चुगिज स्टारको गोलले म्यानचेस्टर युनाईटेडलाई बुधबार जित दिलाएसँगै ओलेले क्रिस्टियानो रोनाल्डोको प्रयासको आलोचना गर्नेहरुलाई निशाना बनाए।

“रोनाल्डो निकै उत्कृष्ट थिए। यदि कोहि उनको प्रयास र कामको आलोचना गर्न चाहन्छ भने यो खेल हेर्नुहोस्। हेर्नुहोस् उनी कसरी वरिपरि दौडन्छन्,” उनले भने, “जसरी रोनाल्डोले नेतृत्व गरे म निकै नै खुसी छु। विपक्षीलाई दबाब दिनु, डिफेन्स लाइनमा झर्नु र अन्त्यमा स्प्रिन्ट गर्दै गोल गर्ने सहि स्थानमा पुग्नु। एक सेन्टर फरवार्डले गर्नुपर्ने हरेक कार्य उनले गरेका छन्। गोल त संसार मै सबैले भन्दा धेरै गर्छन्।”

प्रकाशित : बिहिबार, कार्तिक ०४, २०७८१९:५८

हिजो सुध्रिएको मौसम आजै बिग्रियो: के होला अब ?