रोनाल्डोले छाडेकोमा युभेन्टस खेलाडी उत्साहित: भन्छन् – अलि छिटो छाडेको भए राम्रो हुन्थ्यो

एजेन्सी – युभेन्टसका दिग्गज डिफेन्डर जियोर्जियो चिलेनीले घुमाउरो पारामा क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि आफूहरुले राम्रो प्रदर्शन गर्न सकेको बताएका छन्। एक मिडियासंग कुराकानी गर्नेक्रममा चिलेनीले रोनाल्डोको बहिर्गमन पछि युभेन्टसको प्रदर्शनमा सुधार आएको बताएका हुन्।

चिलेनीले रोनाल्डोको वरिपरी मात्र खेल घुम्दा र उनका लागि टीमले गोल गर्ने वातावरण गराउनुपर्दा युभेन्टस क्रमिक रुपमा कम्जोर भएको बताए। रोनाल्डो गएदेखि युभेन्टसमा धेरै परिवर्तन आएको चिलेनीको भनाई छ।

“हाम्रो सम्बन्ध यस्तो एउटा बिन्दुमा आइपुगेका थियो कि रोनाल्डोलाई गोल पछि गोल चाहिन्थ्यो र पूरा टीम उनकै लागि मात्र खेल्नु पर्थ्यो।”,चिलेनीले भने। रोनाल्डोलाई उनको लागि खेल्ने टीम चाहिएको चिलेनीले बताए।

रोनाल्डोले यसै वर्ष युभेन्टस छाड्छन् भन्ने संकेत आफूले पहिला नै पाएको पनि चिलेनी उक्त मिडियालाई अन्तर्वार्ता दिनेक्रममा जानकारी गराए। उनका लागि खेल्ने टीममा हुँदा रोनाल्डो धेरै प्रभावकारी र निर्णयक हुने चिलेनीको भनाई छ। चिलेनीका अनुसार रोनाल्डो भविष्य भन्दा पनि वर्तमान बारे सोच्ने खेलाडी हुन्। रोनाल्डो गएपछि युभेन्टसको पुनर्निर्माण शुरु भएको पनि चिलेनीले बताए।

“उनी युभेन्टसमै भएको भए राम्रो हुन्थ्यो, बोनस हुन्थ्यो। तर उनी भविष्य भन्दा पनि वर्तमान बारे सोच्ने खेलाडी हुन्। उनलाई वर्तमान बारे सोच्ने टीम चाहिन्छ।”,उनले भने,”रोनाल्डोले २८ अगस्तमा युभेन्टस छाडे। उनले अलि अगाडी युभेन्टस छाडेको भए अझ राम्रो हुन्थ्यो। हामी त्यसै अनुसार तयारी गर्न पाउँथ्यौं र अहिले हामी फरक अवस्थामा हुन्थ्यौं।”

प्रकाशित : शुक्रबार, कार्तिक ०५, २०७८१०:२६

सिजनको पहिलो एल क्लासिको आइतबार, कसले जित्ला ?