मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
वित्तीय मामिला र लेनदेन मुद्दामा सावधान रहनुहोला । विवादबाट टाढा नै रहनुहोला अन्यथा परिवारका सदस्यसंग मतभेद हुन सक्ला। खानपिनमा ध्यान दिनुहोला । अनावश्यक खर्च हुन सक्छ ।तपाईको लागि दिन सामन्य रहला ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
तपाईको दिन लाभले भरिपूर्ण रहनेछ। तपाई शारीरिक र मानसिक रुपले स्वस्थ र ताजा महसुस गर्नुहुनेछ। कलात्मकता र रचनात्मकताको उपयोग गर्न सक्नुहुन्छ। आर्थिक मामिलामा योजना बनाउनु हुनेछ। परिवारसँग रमाईलो समय बिताउनुहुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
तपाईले बोली र व्यवहारमा सावधानी अपनाउनु पर्नेछ । तपाईको विचारले कुनै गलत धारणा नहोस् यस कुराको ध्यान राख्नुहोला । स्वास्थ्य खराब हुन सक्छ । तपाईको अत्यधिक खर्च हुन सक्ला । मानसिक चिन्ता बनिरहनेछ कुनै पनि अकस्मातबाट बच्नुहोला ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईको लागि दिन लाभदायक छ । पेसा वा व्यवसायमा अनुकुल परिस्थित रहनेछ । धन लाभ होला । मित्र विशेषगरी स्त्री मित्रको तर्फबाट लाभ मिल्नेछ । आर्थिक योजना सफलतापुर्वक पूरा हुनेछ । विवाह गर्न उत्सुकको विवाह हुने योग छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
दृढ आत्मविश्वास र मनोबलले सबै कार्य सफलतापुर्वक सम्पन्न गर्नुहुनेछ । व्यवसायको क्षेत्र मा बौद्दिक प्रतिभा देखिनेछ । पिताको तर्फ बाट लाभ हुनेछ । सरकारी कामकाजमा सफलता मिल्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तपाईको दिन आनन्ददायक रहला । आर्थिक लाभ तथा विदेशमा रहने आफन्तको समाचार प्राप्त होला । धार्मिक कार्य वा धार्मिक यात्रामा खर्च हुनेछ । भाई-बहिनीबाट विशेष लाभ मिल्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
कुनै पनि नयाँ कामको आरम्भ नगर्नुहोला । आफ्नो बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला । मित्रको रुपमा लुकेको शत्रुबाट बच्नुहोला । स्वास्थ्यको पूरा ख्याल राख्नुहोला । लाखौं कोसिसपछि मानसिक शान्ति प्राप्त गरन सक्नुहुन्छ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
तपाईको दिन आनन्दमा बित्नेछ। दैनिक कार्यबाट मुक्त भएर आफ्नो लागि थोरै समय निकाल्न सक्नुहुन्छ । उत्तम भोजन मिल्नेछ । सार्वजनिक क्षेत्रमा मान-सम्मान बढ्नेछ । श्रीमतीसँग शुभ समय बिताउनुहुन्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तपाईको दिन शुभ रहला । तपाईको स्वास्थ्य स्वस्थ रहला । कार्यालयमा सहकर्मीको सहयोग प्राप्त हुनेछ । स्त्री मित्रसँग भेट होला । अधुरो कार्य पूरा होला ।आर्थिक लाभ मिल्नेछ । तपाईले विजय प्राप्त गरन सक्नुहुन्छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मानसिक रुपले अशान्त रहनुहुन्छ। कुनै पनि ठोस निर्णय लिन सक्नुहुन्न । भाग्यले साथ् दिनेछैन । सन्तानको विषयमा चिन्तित रहनुहुन्छ । घरमा वृद्दको स्वास्थ्य खराब हुन सक्छ । भाग्यले साथ दिनेछैन ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अत्यधिक संवेदनशिल रहनुहुनेछ। मानसिक बेचैनी र अस्वस्थता अनुभव होला । सार्वजनिक रुपले मानहानि नहोस यस कुराको ध्यान राख्नुहोला । विधार्थीको पढाईमा सफलता मिल्नेछ । नयाँ वस्त्र खरिद गर्न सक्नुहुन्छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
तपाईको दिन महत्त्वपूर्ण निर्णय लिनको लागि शुभ छ । विचारमा दृढता , कार्य राम्रोसँग सम्पन्न हुनेछ । भाई-बहिनीबाट लाभ प्राप्त होला । सार्वजनिक जीवनमा मान-सम्मान मिल्नेछ । कार्य सफलताले मन आनन्दित गर्नेछ ।