मेस्सीको नयाँ डिमाण्डले पिएसजीमा खैलाबैला, यी खेलाडी भित्रयाउन दिए दबाव !

एजेन्सी – गएको ट्रान्सफर विन्डोमा अर्जेन्टिनी स्टार सर्जियो अगुएरो फ्री ट्रान्सफरमा क्याटलान क्लब बार्सिलोना पुगे। अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका सहकर्मी लियोनेल मेस्सीसँगै खेल्न अगुएरो बार्सिलोना पुगेका थिए।

मेस्सीसँग रहेर एकैक्लबमा खेल्न अगुएरो धेरै उत्साहित थिए। तर परिस्थितले यस्तो मोड लियो कि मेस्सी बार्सिलोनामा रहन सकेनन्। फलस्वरूप अगुएरोको मेस्सीसँग एकैक्लबमा खेल्ने चाहना पूरा हुन सकेन।

बार्सिलोनामा रहन असम्भव भएपछि मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगे। मेस्सी आफैं पनि अगुएरोसँगै खेल्न चाहन्थे। अगुएरोसँग एकै क्लबमा रहन परिस्थितले नदिएकोमा मेस्सी आफैं पनि दुखि छन्।

अझै पनि अगुएरोसँग रहेर खेल्ने मेस्सीको चाहना मरेको छैन। पछिल्लो एक खबरका अनुसार मेस्सी अगुएरोलाई पिएसजीमा चाहन्छन्। मेस्सीले अगुएरोलाई पिएसजीमा ल्याउन पिएसजीलाई आग्रह गर्न थालेको विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरु बताउँछन्। मेस्सी पिएसजीका एक खेलाडीलाई बार्सिलोना पठाएर अगुएरोलाई पिएसजीमा ल्याउन चाहन्छन्।

विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुले गरेको दावी अनुसार मेस्सी माउरो इकार्डीलाई बार्सिलोना पठाएर अगुएरोलाई ल्याइनुपर्ने पक्षमा छन्। त्यसका लागि उनले पिएसजी भित्र कुरा चलाइसकेका छन्।

इकार्डीसंग छैन राम्रो सम्बन्ध

एकै देशको राष्ट्रिय टोलीबाट खेल्ने भएर पनि मेस्सी र इकार्डी बीचको सम्बन्ध राम्रो नरहेको बताइन्छ। त्यसैले गर्दा पनि मेस्सी इकार्डीलाई पिएसजीमा देख्न चाहँदैनन्। हुन त इकार्डी पिएसजीमा मौका पाउन संघर्षरत छन्। यसकारण पनि बार्सिलोना उनका लागि उचित गन्तव्य हुन सक्छ।

बार्सिलोना छाड्ने पक्षमा अगुएरो

बार्सिलोनासँग २ वर्षका लागि सम्झौता गरेका अगुएरो पनि क्लब छाड्ने पक्षमा रहेका छन्। मेस्सीले बार्सिलोना छाडिसकेको अवस्थामा पूरा समय बार्सिलोनामा रहने उनको चाहना छैन।

प्रकाशित : शुक्रबार, कार्तिक ०५, २०७८२३:३४

जगतबहादुरको थिएनन् कोहिपनि, महिलाहरुले शव बोकेर घाटस पुर्याएर गरे दाहसंस्कार !