एजेन्सी – ग्रहचक्रमा हरे दिन विभिन्न प्रकारका परिवर्तन भैरहेका हुन्छन्। सबै परिवर्तनको मानव जीवनमा प्रतक्ष्य असर रहने ज्योतिषीहरु बताउँछन्। ग्रहचक्रमा हुने परिवर्तनकै आधारमा राशिहरुले प्राप्त गर्ने फल निर्धारण हुन्छ।
ग्रहचक्रमा शनिबार बिहान धेरै नै महत्वपूर्ण परिवर्तन भएको छ। ज्योतिषीले दिएको जानकारी अनुसार चन्द्र शनिबार बिहान १ बजेर ५५ मिनेटमा वृष राशिमा प्रवेश गरेको हो। वृष राशिमा पहिला देखि नै राहु छ। चन्द्रले राशि परिवर्तन गरेसँगै वृष राशिमा ग्रहण योग बनेको छ।
ग्रहण योगले सम्पूर्ण राशि हुनेहरुलाई असर गर्ने भएपनि केहि राशिलाई अलि बढी नै असर गर्नेछ। चन्द्र वृष राशिमा सोमबार दिउँसो २ बजेर ५२ मिनेटसम्म रहनेछ। त्यस समय सम्म सबै भन्दा बढी वृष राशिले सावधानी अपनाउनुपर्नेछ। वृष राशिका अलावा अन्य तीन राशिले पनि ग्रहण योगका कारण केहि कष्ट पाउनेछन्। कुन-कुन राशि रहने सावधान
वृष राशि
ग्रहण योग वृष राशिमै बन्ने हुँदा यस योगको सबै भन्दा बढी असर यसै राशिलाई नै पर्नेछ। जीवनमा विभिन्न प्रकारका दुख थपिनेछन्। आकष्मिक खर्च बढ्न सक्ला। अनावश्यक काममा समय र अर्थ खर्च हुने देखिन्छ। परिवारमा कलहको वातावरण रकला। बन्न लागेका काम समेत बिग्रिन सक्लान्।
कन्या राशि
ग्रहण योग बन्द कन्या राशि हुनेहरुले सावधानी अपनाउनुपर्नेछ। बोलि तथा व्यवहारम,आ नियन्त्रण आवश्यक पर्नेछ। बोलिको अनर्थ लाग्दा स्थिति नियन्त्रण भन्दा बाहिर रहनेछ। कामको बोझ बढ्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा चुनौती थप बढ्नेछन्। दाम्पत्य तथा प्रेम जीवनमा समेत समस्या देखिनेछन्।
तुला राशि
ग्रहण योगका कारण तुला राशि हुनेहरुको जीवनमा समस्या नै समस्या रहनेछन्। स्वास्थ्यमा समस्या देखिँदा दैनिकी प्रभावित हुन सक्ला। आँटेका कुनै पनि कार्य सफल हुन गार्है पर्नेछ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा महत्वपपूर्ण कार्य बिग्रिन सक्लान्। प्रतीक्षित नतिजाले निराशा जगाउनेछ।
वृश्चिक राशि
ग्रहण योग शुरु भएसँगै स्वास्थ्यमा प्रतिकुल असर देखिनेछ। अस्वस्थताले काममा ढिलासुस्ती गराउनेछ। अप्रिय समाचारले खिन्नता बढाउनेछ। व्यापारमा पनि ग्रहण योगको नकारात्मक प्रभाव रहनेछ। पूराना समस्या बल्झिन सक्लान्। सहयोगीहरूले समेत धोका दिन सक्लान्। सोचेको भन्दा बढी खर्च हुँदा आर्थिक रुपमा समस्या रहन सक्नेछ।