नर्विच सिटीको पोस्टमा चेल्सीको ७ गोल, माउन्टको ह्याट्रिक !

एजेन्सी – मासन माउन्टले ह्याट्रिकसहित एक गोलको लागि असिस्ट दिएपछि इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लन्डन क्लब चेल्सीले सानदार जित निकालेको छ । चेल्सीले पुछारमा रहेको १० खेलाडीमा समेटिएको नर्विच सिटीमाथि ७–० को फराकिलो जित निकालेको हो ।

चेल्सीको जितमा मासन माउन्टले दुई तथा कलुम हड्सन ओडोई, रिस जेम्स र बेन चिलवेलले समान एक गोल गर्दा एक गोल उपहार पाएको थियो । चेल्सीले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ४ गोल थपेको थियो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा गोलको वर्षा हुँदा चेल्सीले खेलको आठौं मिनेटमा मासन माउन्टको गोलबाट अग्रता लिएको थियो । उनले जर्गिन्होको पासमा गोल गरेका थिए ।

१८औं मिनेटमा माटियो कोभासिसको पासमा कलुम हड्सन ओडोईले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । ४२औं मिनेटमा रिस जेम्सले मासन माउन्टको पासमा गोल गरेपछि चेल्सीले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो । दोस्रो हाफमा पनि चेल्सीको गोलको क्रम रोकिएन । ५७औं मिनेटमा बेन चिलवेलले माटियो कोभासिसको पासमा गोल गर्दै चेल्सीलाई ४–० ले अघि बढाए ।

६२औं मिनेटमा म्याक्स आरोन्सले आत्मघाती गोल गरेपछि चेल्सी खेलमा ५–० ले अघि बढ्यो । ६५औं मिनेटमा बेन गिब्सन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नर्विच १० खेलाडीमा समेटिन पुग्दा थप समस्यामा परेको थियो । ८४औं मिनेटमा मासन माउन्टले पेनाल्टी चुकाएपनि रि पेनाल्टीमा गोल गर्दै चेल्सीलाई फराकिलो जित तर्फ अघि बढाए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा मासन माउन्टले रुवेन लफट्स चिकको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि चेल्सीले ७–० को फराकिलो जित निकाल्न सफल भयो । जितसँगै चेल्सी ९ खेलबाट २२ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित नर्विच २ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित : शनिबार, कार्तिक ०६, २०७८१९:२९

१५ वर्षपछि मेस्सी बिनाको एल-क्लासिको: मेस्सी-रोनाल्डोको स्थान लेला फाती-भिनीसियसले ?