पूर्वराजा माथि खनिए रामचन्द्र, धम्क्याउन थालेको आरोप !

काठमाडौँ – नेनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वराजा ज्ञानेन्द्र शाहले धम्क्याउन थालेको बताएका छन्। शनिबार कैलालीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा पौडेलले पूर्वराजा ज्ञानेन्द्रले धम्क्याउन थालेको बताएका हुन्।

कैलालीलको धनगढीमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा पूर्वराजाले उपदेश दिनु राम्रो नभएको बताए। नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेको हुँदा पूर्वराजाले धम्याउनु र उपदेश दिनु राम्रो संकेत नभएको पौडेलको बुझाई छ।

“आज पूर्वराजा ज्ञानेन्द्रले धम्क्याउन थाले, उपदेश दिन थाले, यो राम्रो होइन। संघीय लोकतान्त्रिक गणतन्त्रमा पूर्वराजाले उपदेश दिने हो ? नेपालका नेताहरूले यो सुनेर बस्ने हो ?”,पौडेलले भने।

त्यस्तै पौडेलले नेपाली कांग्रेस पार्टीले वैधानिकता गुमाइसकेको पनि बताएका छन्। समयमै महाधिवेशन गर्न नसक्दा नेपाली कांग्रेस असंवैधानिक भैसकेको पौडेलले बताए।

पौडेलले भने,”पार्टी विधानले ४ वर्ष कार्यकाल तोकेको छ । असाधारण अवस्थामा बढीमा १ वर्ष थप्न पाइने भनेको छ, त्यो पनि गइसक्यो । विधान अनुसार हामी अवैध भइसक्यौं।”

प्रकाशित : शनिबार, कार्तिक ०६, २०७८२०:२३

एक्लाएक्लै चुनाव लडे एमाले पहिलो हुने योगेश भट्टराईको दावी !