अन्ततः पलसँगको सम्बन्ध बारे समिक्षाले मुख खोलिन्, सबै छर्लङ्ग पारिन् !

काठमाडौँ – गायिका समिक्षा अधिकारीले नायक पल शाह र आफूबीच कुनै किसिमको अनैतिक सम्बन्ध नरहेको बताएकी छन्। विभिन्न संचार माध्यममा समिक्षा र पल बीच अनैतिक सम्बन्ध रहेको समाचार आएपछि समिक्षाले आइतबार बिहान सामाजिक संजाल मार्फत स्पष्टिकरण दिँदै पल शाह र आफूबीच कुनै किसिमको अनैतिक सम्बन्ध नरहेको बताएकी हुन्।

सामाजिक संजाल फेसबुकमा लामो स्ट्याटस लेख्दै समिक्षाले आफूहरूको नाम जोडेर सार्वजनिक भएका समाचारहकरू कपोलकल्पित र भ्रामक रहेको बताएकी छन् । पल र आफू बीचको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरू मिडियामा आएको प्रति समिक्षाको आपत्ति छ।

“पछिल्लो समय मेरो बारेमा नायक पल शाहसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचार आएका छन । यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरू मिडियामा आएका छन् । जसले मेरो चरित्र हत्या भएको छ ।”,समिक्षाले फेसबुकमा लेखेकी छन्।

आफूहरुको करिअरमाथि नै आँच आउने गरि अनर्गल प्रचार हुँदा सामाजिक र चारित्रिक रूपमा आफूहरुलाई निकै नै असर पुर्‍याएकाे भन्दै समिक्षाले त्यस्तो नगरिदिन आग्रह गरेकी पनि गरेकी छन्। एक क्षेत्रमा काम गर्ने हुँदा पलले आफूलाई अभिभावकको हिसाबले माया गर्ने समिक्षाको भनाई छ।

समिक्षा फेसबुकमा लेख्छिन्,”एउटै इन्डस्ट्रिजमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ, जुन माया उहाँले आफूसँग जोडिएका सबै सहकर्मीलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ । मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ । म उहाँको सदैव फ्यान पनि हुँ । हामीबीच कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल साथमा काम गरिरहेको छौं । हजुरहरूको माया रहेसम्म सधैं राम्रो काम गरिरहने छौं । राष्ट्रको चौथो अंग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरूले पनि यसरी मानहानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचारले निकै दुःखी छु । मैले यो अपेक्षा गरेको थिइनँ”

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७८१०:१८

अमृता र करीना बीच अहिले सम्म भएको छैन भेट, उमेर अन्तर सुन्दा लाग्नेछ अचम्म !