लगातार बढ्दै सुनको मूल्य, आज सुन ८३ दिनकै महँगो !

काठमाडौँ – दशैँ अगाडी देखि नै उकालो लाग्न थालेको सुनको मूल्य अझै थामिएको छैन। कार्तिक लागेपछि सुन झनै महँगो हुँदै गएको छ। कार्तिक लागेपछि एक दिन पनि सुनको मूल्य घटेको छैन।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार १ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैंयाँले नै बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन ९१ हजार ६ सय रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

यस अगाडी छापावाला सुन कार्तिक १ गते ९१ हजार ३ सय, कार्तिक ३ गते ९१ हजार ४ सय र कार्तिक ४ तथा ५ गते ९१ हजार ७ सय रुपैंयाँमा कारोबार भएको थियो। तेजाबी सुन भने १ गते ९० हजार ८ सय, कार्तिक ३ गते ९० हजार ९ सय, कार्तिक ४ तथा ५ गते ९१ हजार २ रुपैंयाँमा कारोबार भएको थियो।

सुन साढे २ महिना भन्दा बढी समययताकै महँगो

लगातार बढेसँगै सुन साढे २ महिना भन्दा बढी समययताकै महान महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मूल्य साउन १८ गते यताकै महँगो हो। यस हिसाबले सुन आज ८३ दिनकै महँगो रहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा चाँदीको मूल्य तोलामा रु १० ले बढेर १ हजार २ सय ६० रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७८११:०३

बाढी पीडित भन्छन् : कति दिन विद्यालयमा बस्ने ?