काठमाडौँ – कोरोना महामारीका कारण गएको ६ महिना भन्दा बढी समय देखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन छिट्टै खुल्ने भएको छ। वैशाख देखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन यसै साता देखि खुल्ने भएको हो।
यातायात व्यवस्था विभागले दिएको जानकारी अनुसार लाइसेन्सको नयाँ आवेदन सक्दो छिटो खुलाउने तयारी भएको छ। विभागका प्रवक्ता लोकनाथ लोकनाथ भुसालले यहि साता लाइसेन्सको नयाँ आवेदन खुल्ने बताए। उनका अनुसार अबको एक÷दुई दिनमा आवेदन खुल्नेछ।
सक्दो छिटो आवेदन खुलाउने गरी गृहकार्य भैरहेको विभागले जनाएको छ। एक दुई दिनमा आवेदन खुलाउन सम्भव नभए शुक्रबार सम्म आवेदन खुलिसकने बताइएको छ।
कोरोना भाइरस महामारीको दोस्रो लहरसँगै सरकारले निषेधाज्ञा लागू गरेपछि लाइसेन्सको आवेदन बन्द भएको थियो। वैशाख १५ गते देखि बन्द भएको लाइसेन्स आवेदन नखुल्दा सर्वसाधारणहरु समस्यामा छन्।