सुपरस्टार मेस्सीलाई पनि हावा खुवाउने जुडको यस्तो खतरनाक गोल [भिडियो सहित]

इंग्ल्याण्ड अन्तर्राष्ट्रिय स्टारले शनिबार निकै सुन्दर एकल गोल गर्ने क्रममा आफ्नो बाधक बन्न आएका तीन डिफेन्डरलाई ध्वस्त बनाए। जुड बेलिंगहमले शनिबार लियोनल मेस्सीको प्लेबुकबाट एउटा पाना निकालेर बोरुसिया डर्टमण्डको लागि आर्मनिया बिलेफेल्डको विरुद्ध जादुई व्यक्तिगत गोल गर्न सफल भए।

गोलको २०२१ NXGN सूचीमा विश्वको शीर्ष वंडरकिड्सको सूचीमा पाँचौं स्थानमा रहेका बेलिंगहमले बुन्डेसलिगा क्लबका लागि प्रभाव पार्न जारी राखेका छन् र अहिले मार्को रोजको पहिलो रोजाइको टोलीको निर्विवाद सदस्य बनेका छन्।

र शनिबार डर्टमण्ड स्टारले गरेको अद्भुत गोल उनको प्रतिभाको एक झलक थियो।

हेर्नुहोस् डर्टमण्ड खेलाडीको यस्तो उत्कृष्ट गोल:-

सन् २०२० मा बर्मिङगम सिटीबाट २५ मिलियन फी मा जर्मन क्लब प्रस्थान गरेका जुड तत्कालिन समयमा सबैभन्दा महँगा १७ वर्षीय खेलाडी बनेका थिए। डर्टमण्डका लागि अहिलेसम्म ६० खेल खेलिसकेका इंग्ल्याण्ड स्टारले क्लबका लागि ७ गोल गरेका छन्।

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७८१४:२९

एल क्लासिको अगाडी कोम्यान भन्छन् – ‘रियल म्याड्रिडसँग के को डर?’