पीएसजी भन्दा चेल्सी खतरा क्लब मान्ने टुचेल भन्छन्-‘नेयमार र एम्बाप्पे भन्दा लुकाकु धेरै सहज’

गत सिजनको सुरुवात मै पेरिस सेन्ट जर्मेनले बर्खास्त गरेपछि थोमस टुचेल सोही सिजन चेल्सीका लागि च्याम्पियन्स लिग जित्न सफल भए। मध्य-सिजनमा लण्डन क्लबको प्रशिक्षण सम्हालेका जर्मन कोचले अल-इंग्लिस फाइनलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै उपाधि जित्न सफल भए।

टुचेलले लण्डनमा फ्रान्सेली राजधानीमा अनुभव गरेको भन्दा धेरै फरक वातावरणको सामना गरे। उनले फेस्टिभल डेलो स्पोर्टमा उपस्थितिमा यसबारे खुलासा गरे। यो ला गजेटा डेलो स्पोर्ट द्वारा आयोजित एक कार्यक्रम हो र अखबारको स्पोर्ट्सवीक पत्रिका द्वारा केहि रोचक उद्धरण प्रकाशित गरिएको छ।

“एम्बाप्पे र नेयमारलाई भन्दा रोमेलु लुकाकुलाई प्रशिक्षण गर्न निकै सहज रहेको छ,” उनले भने, “पीएसजीमा मलाई खेलकुद मन्त्री हुँ कि भन्ने महशुस हुन्थ्यो। मैले खेलाडीका परिवारका सदस्यहरू र साथीहरूलाई पनि व्यवस्थापन गर्नुपर्थ्यो। चेल्सीमा मैले धेरै शान्तपूर्वक काम गर्न पाएको छु।”

आफ्नो पूर्व क्लब पीएसजी र हालको क्लब चेल्सी दुबै निकै फरक क्लब रहेको पनि टुचेलको बुझाई रहेको छ। “उनीहरु शैली र संगठनको हिसाबमा दुई बिल्कुल फरक क्लब हो।”

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७८१६:४२

यी पूर्व खेलाडी भन्छन्-“आज रोनाल्डोले लिभरपुलको ब्याण्ड बजाउँछन्”