फर्किए नेयमार: मेस्सी-नेयमार-एम्बाप्पेको अब हुन्छ असली धमाका ?

आइतबार राती चिर-प्रतिद्वन्दी मार्सेल विरुद्धको खेलका लागि पेरिस सेन्ट जर्मेण (पीएसजी) ले निकै बलियो टोली घोषणा गरेको छ। मिड-विकमा आरबी लाइपजिंग विरुद्धको खेल गुमाएका ब्राजिलियन स्टार नेयमार पनि मार्सेल विरुद्धको खेलका लागि भने उपलब्ध भएका छन्।

टोलीमा नेयमारको पुनरागमनपछि क्लबको आक्रमण पङ्क्ति अझ बलियो भएको छ। गत मंगलबार एम्बाप्पे र मेस्सी बीच राम्रो तालमेल देख्न मिलेको थियो। अब नेयमार फर्किएपछि यी तीन स्टार बीच राम्रो लय देखिने विश्वास गरिएको छ। मार्सेल विरुद्धको खेलमा नेयमार सुरुवाती ११ मा पर्छन् वा पर्दैनन् भने निश्चित छैन।

यस्तो छ क्लबले सार्वजनिक गरेको २४ सदसिय टोली

केलर नाभास

एकारफ हाकिमी

प्रेसनेल किम्पेमबे

मार्कीनियोस

किलियन एम्बाप्पे

मार्को भेराटी

माउरो इकार्डी

नेयमार जुनियर

डी मारिया

राफिन्हा

बर्नाट

डानिलो

डाग्बा

जिनी विनालडम

एन्डर हेरेरा

अब्दौ डियालो

जुलियन ड्रयाक्सलर

थिलो खेहरर

नुनो मेन्डेस

एड्रिसा गेये

डिना एबिम्बे

लियोनल मेस्सी

जियानलुइजी डोनारुमा

एलेकजान्द्रे लेटेलियर

खेल: मार्सेल भर्सेस पेरिस सेन्ट जर्मेन

मिति: २५ अक्टोबर, राति १२:३० बजे

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७८१५:५३

आज रोनाल्डोको असली परिक्षा, सलाह र रोनाल्डोमा को उत्कृष्ट पनि थाहा हुन्छ !