एल क्लासिको अगाडी कोम्यान भन्छन् – ‘रियल म्याड्रिडसँग के को डर?’

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले बार्सिलोना रियल म्याड्रिडसँग नडराउने बताएका छन्। एल क्लासिकोमा रियल म्याड्रिडको सामना गर्नुअगाडी आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेक्रममा कोम्यानले रियल म्याड्रिडसंग नडराउने बताएका हुन्।

कोम्यानले आफूहरु घरेलु मैदानमा खेल्न लागेका कारण डराउनुपर्ने अवस्था नरहेको बताए। बार्सिलोनाले पछिल्ला दुई खेल जितेको हुँदा पनि आत्मबल उच्च रहेको कोम्यानको भनाई छ।

“हामीले हाम्रा पछिल्ला दुई खेल जितेका छौं र यो ठूलो खेल अगाडी राम्रो महसुस गर्दैछौं।”,कोम्यानले भने,”हामी यो खेल खेल्न उत्साहित छौं। मलाई आशा छ कि रंगशाला पूर्ण वा लगभग भरिएको हुनेछ। आफ्नै मैदानमा खेल्ने हुँदा हामी डराउनेछैनौँ।”

रियल म्याड्रिडसँग नडराउने बताइरहँदा कोम्यानले गएको सिजनलाई नबिर्सिएको पनि बताए। बार्सिलोनाले गएको सिजन दुवै एल क्लासिको हारेको थियो। उनले भने,”हामीलाई गएको सिजना के भएको थियो याद छ। अबको खेलमा जे पनि हुन सक्छ। यो खेलले दुवै पक्षको वर्तमान अवस्थाको बारेमा धेरै कुरा बोल्नेछ।”

कोम्यानलाई पत्रकारहरुले वर्तमान अवस्थामा कुन टोली बलियो छ भनेर सोधे। जवाफमा उनले दुवै टोली लगभग समान अवस्थामा रहेको बताए। तर अनुभवको हिसाबले भने आफूहरु केहि अगाडी रहेको कोम्यानको जवाफ थियो।

कोम्यानले भने,”दुई टीम बीच के-के फरक छ त म भन्न सक्दिन। तर अनुभावको मामलामा भने केहि भिन्नता पक्कै छ। हामीसंग अलि बढी अनुभवी खेलाडी छन्।

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७८१५:१४

फर्किए नेयमार: मेस्सी-नेयमार-एम्बाप्पेको अब हुन्छ असली धमाका ?