एजेन्सी – दुई पटक रियल म्याड्रिडका प्रशिक्षकको रुपमा काम गरिसकेका जिनेदिन जिदान अहिले खालि छन्। रियल म्याड्रिड छाडेयता उनी कुनै पनि क्लब तथा टोलीमा आवद्ध भएका छैनन्।
रियल म्याड्रिडका पूर्वखेलाडी समेत रहेका जिदान प्रशिक्षकको रुपमा धेरै सफल सावित भए। रियल म्याड्रिडको प्रशिक्षकको रुपमा जिदानले लालिगा उपाधि देखि च्याम्पियन्स लिग उपाधि सम्म जिते। जिदानले रियल म्याड्रिडलाई लगातार तीन पटक च्याम्पियन्स लिग जिताएका थिए।
रियल म्याड्रिडबाट प्रशिक्षकको रुपमा जिदानले के-के जिते ?
जिदान रियल म्याड्रिड इतिहाँसकै सबै भन्दा सफल प्रशिक्षक मध्येमा पर्छन्। जिदानले प्रशिक्षक रहँदा रियल म्याड्रिडबाट २ लालिगा उपाधि, ३ च्याम्पियन्स लिग उपाधि, दुई यूइएफए सुपर कप उपाधि, दुई क्लब विश्वकप उपाधि जिते। साथै जिदान प्रशिक्षक हुँदा दुई स्पेनिस सुपर कप रियललाई दिलाएका थिए।
कहाँ होला अब जिदानको यात्रा ?
गएको सिजन सकिए लगतै रियल म्याड्रिडको प्रशिक्षकबाट राजीनामा दिएका जिदान अहिले सम्म कुनै पनि टोलीसँग आवद्ध भएका छैनन्। जिदान धेरै क्लबको प्राथमिकतामा छन्। जिदानलाई सबै भण्ड अबधि प्राथमिकतामा राखेर बसेर क्लबहरुमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) र प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पर्छन्।
जिदान फ्रान्सको राष्ट्रिय टोलीको प्रशिक्षक हुने सम्भावना पनि छ। जिदान आफैं पनि आफ्नो राष्ट्रकोक प्रशिक्षकको रुपमा काम गर्न इच्छुक छन्। बताइएअनुसार, सन् २०२२ मा हुने विश्वकपलाई मध्यनजर गरेर प्रशिक्षकको जिम्मेवारी पाएर सहजै स्वीकार गर्ने पक्षमा जिदान रहेको फ्रेन्च मिडियाहरु बताउँछन्।
यति त्यस्तो हुन नसकेको खण्ड मात्रै जिदान क्लबहरुका लागि उपलब्ध हुनेछन्। पछिल्लो एक चर्चामा अनुसार जिदान न्युक्यासल युनाइटेडमा आवद्ध हुन पनि सक्छन्। साउदी लगानी कोषले क्लब किनेपछि जिदानले क्लबको जिम्मेवारी लिन सक्ने सम्भावना बढेको गएको बेलायती मिडियाहरुको अनुमान छ।

