बार्सिलोना पराजित: रियल म्याड्रिड शिर्ष स्थानमा उक्लिँदा बार्सिलोना ९ औं स्थानमा !

एजेन्सी – सिजनको पहिलो एल क्लासिकोमा क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमै पराजित भएको छ। आइतबार राति भएको खेलमा बार्सिलोना रियल म्याड्रिडसँग २-१ को गोल अन्तरले पराजित भएको हो।

बार्सिलोना विरुद्ध रियल म्याड्रिडका डिफेन्डर डेभिड अलाबा र लुकास भाज्क्वेजले गोल गरे। बार्सिलोनाका लागि भने एक मात्र गोल सर्जियो अगुएरो गोल गरे। बार्सिलोनाको तर्फबाट अन्तिम समयमा गोल भएको थियो। अगुएरो अन्सु फातीको ठाउँमा आएका थिए।

खेलको पहिलो गोल ३२ औं मिनेटमा भएको थियो। रोड्रिगोको पासलाई अलाबाले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेका थिए। अलाबाले हानेको शटले सिधै गोल पोस्ट चुम्यो।

त्यस्तै खेल को दोस्रो गोल रियल म्याड्रिडका भाज्क्वेजले गरेका थिए। ९० मिनेट पछि थप गरिएको समयको तेस्रो मिनेटमा भाज्क्वेजले गोल गर्न सफल भए। बार्सिलोनाका लागि एक मात्र गोल अगुएरोले गरे।

आइतबारको जितसँगै रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ। रियल म्याड्रिडले ९ खेलबाट २० अंक जोडेको छ। त्यस्तै बार्सिलोना भने तालिकाको ९ औं स्थानमा छ। बार्सिलोनाले ९ खेलबाट १५ अंक जोडेको छ।

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७८२२:३१

लिभरपुल सामू चलेन रोनाल्डोको जादू, युनाइटेडको लज्जास्पद हार!