एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ। आइतबार राति भएको खेलमा युनाइटेडले घरेलु मैदानमै लज्जास्पद हार बेहोरेको हो। युनाइटेड परिचित प्रतिद्वन्दी लिभरपुलसंग ५-०ले पराजित भयो।
खेलको शुरुवातबाटै आक्रमण बनेको लिभरपुलले एक पछि अर्को गोल गर्दा जाँदा युनाइटेडको तर्फबाट भने एक गोल पनि हुन सकेन। युनाइटेड विरुद्ध मोहम्मद सलाह एकैले तीन गोल गरे भने एक असिस्ट पनि दिए। लिभरपुलका लागि मिडफिल्डर नाबी केइटा र डिओगो जोटाले गोल गरे।
खेलको पाँचौ मिनेटमा नै मिडफिल्डर नाबी केइटाले लिभरपुलका लागि खाता खोलेका थिए। उनले सलाहको पासमा गोल गर्न सफल भएका थिए। त्यसको केहि समय पछि नै डिओगो जोटाले गोल गर्दै अग्रता दोब्बर पारे। उनले खेलको १४ औं मिनेटमा गोल गरेका थिए। गोल गर्न पास जोटालाई ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले उपलब्ध गराएका थिए।
खेलको ३८ औं मिनेटमा केइटाको पासमा गोलमा सलाहले गोल गरे। पहिलो हाफको इन्ज्युरी समयको पाँचौ मिनेटमा सलाहले अर्को गोल गरे। उनले जोटाको पासमा गोल गरेका थिए। जससँगै युनाइटेड पहिलो हाफमै ३-० ले पछि पर्यो। सलाहले दोस्रो हाफको सुरुवातमै अर्को गोल गरे। त्यससँगै उनको ह्याट्रिक पूरा भयो।
खेलको ५२ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले युनाइटेडका लागि गोल फर्काएपनि उक्त गोलले मान्यता पाएन। अफसाइड भएका कारण उक्त गोललाई भीएआरबाट अस्वीकृत भएको थियो।
आइतबारको जितसँगै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा कायम रहेको छ । लिभरपुलले ९ खेलबाट २१ अंक जोडेको छ। लिभरपुल नयाँ सिजनमा अपराजित भएको छैन। लिभरपुलले ६ खेलमा जित्दा ३ खेलमा बराबरी खेलेको छ।
त्यस्तै युनाइटेड भने प्रिमियर लिग तालिकाको सातौं स्थानमा छ। युनाइटेडले अहिले सम्म ९ खेल खेल्दा ४ जित, २ बराबर र ३ हार बेहोरेको छ। युनाइटेडको

