भान डाइकले थर्काएपछि थुर-थुर भए रोनाल्डो, हिरो बन्न खोज्नु भारी पर्यो [भिडियो सहित]

कर्टिस जोन्स र पाँच पटकको बालोन डी’ओर विजेता क्रिस्टियानो रोनाल्डो भना-भनमा संलग्न भएपछि भर्जिल भान डाइक निराश भए। युनाइटेडलाई लज्जास्पद हारको शिकार बनाउन काफी रहेको पहिलो हाफको अन्त्यमा, रोनाल्डोले आफ्नो शान्तपन गुमाए र वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका जोन्स माथि खनिए।

रोनाल्डोको उक्त आक्रमकता देखेर लिभरपुल खेलाडी तथा समर्थकलाई पोर्चुगिज कप्तानले रातो कार्ड पाउनु पर्ने पनि लाग्यो। जोन्स माथि रोनाल्डोको आक्रमकता देखेर भान डाइक सहितका लिभरपुल खेलाडीहरु युनाइटेडको नम्बर ७ को सामना गर्न होमिए। ६ फित ३ इन्च कद-काठीका डच कप्तान सिधै रोनाल्डोसँग जुध्न गए र छातीमा छाती मिलाउदै ३६ वर्षीय स्ट्राइकरलाई थर्काउन पुगे।

लिभरपुल डिफेन्डरलाई देखेर, स्पष्ट देखियो, रोनाल्डो हच्किए र पछि हटे, जुन दृश्य देखेर लिभरपुलका समर्थक निकै खुसी भए। जुन देखेर रोनाल्डोका साथी ब्रुनो फर्नान्डेज भर्जिललाई धक्का दिन आइपुगे जसलाई लिभरपुलका अर्का डिफेन्डर इब्राहिम कोनाटे ठिक पारे।

यस सिजन उत्कृष्ट लयमा रहेका मोहम्मद सलाहको ह्याट्रिकको मद्दतमा लिभरपुलले युनाइटेड कै घरेलु मैदानमा ५-० को फराकिलो जीत निकाल्न सफल भयो। नाबी केइटा र डिएगो जोटाले पनि एक-एक गोल गरे।

प्रकाशित : सोमबार, कार्तिक ०८, २०७८०८:३२

हारपछि पनि सेखी झरेन कोम्यानको, भन्छन्-“रियल म्याड्रिड खासै राम्रो टोली त हैन”