हारपछि पनि सेखी झरेन कोम्यानको, भन्छन्-“रियल म्याड्रिड खासै राम्रो टोली त हैन”

आइतबार क्याम्प नोउमा भएको क्लासिकोमा लस ब्लान्कोससँग क्याटालान क्लब २-१ ले पराजित भएपनि बार्सिलोना भन्दा रियाल मड्रिड स्पष्ट रुपमा उत्कृष्ट नभएको बार्सा प्रशिक्षक रोनाल्ड कोम्यानले दाबी गरेको छ।

बार्सिलोनाका प्रशिक्षकले पहिलो ४५ मिनेटमा आफ्नो टोलीको प्रदर्शनको सराहना गर्दै आफ्नो टोलीले पहिलो हाफमा अग्रता लिएको भएको खेलको नतिजा फरक हुने भएको बताएका छन्। रियल म्याड्रिडका लागि डेभिड आलाबा र लुकास भासकासले गोल गर्दा बार्सिलोनाका सर्जियो अगुएरोले एक गोल फर्काए।

“म जनताको निराशा बुझ्दछु, तर आज हामीले देखाएका छौं कि हामी रियल म्याड्रिड भन्दा कम छैनौं,” कोम्यानले म्याच पछि पत्रकार सम्मेलनमा भने, “यदि हामीले १-० को अग्रता लिएको र पहिला गोल नखाएको भए अहिले नतिजा फरक हुन्थ्यो।”

पहिलो हाफमा आफूहरुले खेल नियन्त्रण गरेपनि गोल गर्ने अवसरमा चुक्दा दोस्रो हाफमा १-० को अग्रता लिएर मैदानमा उत्रिएको रियल म्याड्रिडले उत्कृष्ट डिफेन्डिङ गर्दा बार्सिलोनाले दोस्रो हाफमा राम्रो अवसर सिर्जना गर्न नसकेको कोम्यानले स्वीकार गरे।

खेलको पहिलो गोल ३२ औं मिनेटमा भएको थियो। रोड्रिगोको पासलाई अलाबाले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेका थिए। अलाबाले हानेको शटले सिधै गोल पोस्ट चुम्यो।

त्यस्तै खेल को दोस्रो गोल रियल म्याड्रिडका भाज्क्वेजले गरेका थिए। ९० मिनेट पछि थप गरिएको समयको तेस्रो मिनेटमा भाज्क्वेजले गोल गर्न सफल भए। बार्सिलोनाका लागि एक मात्र गोल अगुएरोले गरे।

आइतबारको जितसँगै रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ। रियल म्याड्रिडले ९ खेलबाट २० अंक जोडेको छ। त्यस्तै बार्सिलोना भने तालिकाको ९ औं स्थानमा छ। बार्सिलोनाले ९ खेलबाट १५ अंक जोडेको छ।

प्रकाशित : सोमबार, कार्तिक ०८, २०७८०९:१४

सुआरेजले गरे एट्लेटिकोको उद्धार !