सुन तीन महिनाकै महँगो !

काठमाडौँ – दशैँ अगाडी देखि नै उकालो लाग्न थालेको सुनको मूल्य अझै थामिएको छैन। कार्तिक लागेपछि सुन झनै महँगो हुँदै गएको छ। कार्तिक लागेपछि एक दिन पनि सुनको मूल्य घटेको छैन। कार्तिक लागेपछि नघटेको सुनको मूल्य आज पनि बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ४ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैंयाँले नै बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन ९१ हजार ९ सय रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। यस अगाडी आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले बढेको थियो।

सुन साउन पछिकै महँगो

लगातार बढेसँगै सुन साढे २ महिना भन्दा बढी समययताकै महान महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मूल्य साउन १५ गते यताकै महँगो हो। यस हिसाबले सुन आज ८७ दिनकै महँगो रहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा चाँदीको मूल्य तोलामा रु ५ ले बढेर १ हजार २ सय ६५ रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

प्रकाशित : सोमबार, कार्तिक ०८, २०७८१०:५३

राजनीतिक दलहरुबीच सहमति गरेर नै एमसीसी पास गर्छौं : परराष्ट्रमन्त्री खड्का