एजेन्सी – लिभरपुलका मोहम्मद सलाह म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा ह्याट्रिक गर्ने पहिलो प्रिमियर लिग खेलाडी बनेका छन्।
आइतबार राति भएको खेलमा ह्याट्रिक गरेसँगै सलाह ओल्ड ट्राफोर्डमा ह्याट्रिक गर्ने पहिलो प्रिमियर लिग खेलाडी बनेका हुन्। यस भन्दा अगाडी कुनै पनि प्रिमियर लिग क्लबका खेलाडीले ओल्ड ट्राफोर्डमा युनाइटेड विरुद्ध ह्याट्रिक गर्न सकेका थिएनन्।
खेलको शुरुवात देखि नै युनाइटेड माथि आक्रमण गर्न शुरु गरेका सलाहले ह्याट्रिक पूरा गर्न धेरै समय लगाएनन्। ओल्ड ट्राफोर्डमा सलाहले ३८ औं मिनेट, पहिलो हाफमा थप गरिएको पाँचौं मिनेट तथा दोस्रो हाफको ५० औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए।
पछिल्लो पटक रोनाल्डोले गरेका थिए ह्याट्रिक
प्रिमियर लिगमा युनाइटेडको घरेलु मैदानमा यस भन्दा अगाडी ह्याट्रिक नभएको भएपनि च्याम्पियन्स लिगमा भने पछिल्लो पटक १८ वर्ष अगाडी ह्याट्रिक भएको थियो। च्याम्पियन्स लिग अन्तर्गतको खेलमा ब्राजिलियन रोनाल्डोले १८ वर्ष अगाडी ओल्ड ट्राफोर्डमा ह्याट्रिक गरेका थिए।
सन् २००३ मा रियल म्याड्रिड र युनाइटेड बीच च्याम्पियन्स लिगको क्वाटरफाइनलमा भेट भएको थियो। क्वाटरफाइनलको पहिलो लेगमा युनाइटेडले रियललाई उसकै घरेलु मैदानमा ३-१ को गोल अन्तरले पराजित गरेको थियो।
पहिलो खेलमै पराजित भएपछि रियलले हार मानेन। दोस्रो लेगको खेलमा रियलले युनाइटेडको खेलमा उत्कृष्ट पुनरागमन गर्यो। रियलको तर्फबाट ब्राजिलियन रोनाल्डो एक्लैले तीन गोल गरे। रोनाल्डोको ह्याट्रिककै कारण रियल सेमिफाइनलमा प्रवेश गरेको थियो। तर रियल सेमिफाइनलमा युभेन्टससँग रोकिन पुगेको थियो।