समिक्षा पछि पलले मुख खोले ! के भने ?

काठमाडौँ – गायिका समिक्षा अधिकारी र नायक पल शाहले आफूहरुको सम्बन्धलाई लिएर पालै-पालि स्पष्टिकरण दिएका हुन्। विभिन्न संचार माध्यमहरुमा समिक्षा र पल बीच प्रेम सम्बन्ध रहेको भन्दा खबर आएपछि दुवैले सामाजिक संजाल मार्फत पालै-पालो स्पष्टिकरण दिएका हुन्।

समिक्षाको तर्फबाट स्पष्टिकरण आइसकेको अवस्थामा पलले पनि आफ्नो तर्फबाट स्पष्टिकरण दिएका छन्। आइतबार बेलुका सामाजिक संजाल मार्फत स्पष्टिकरण दिंदै पलले समिक्षासँग नाम जोडेर बनाइएका गसिपले आफूलाई मात्रै नभएर आफ्ना दर्शकलाई पनि दुःखी बनाएको बताएका छन्।

जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कही न कही कुनै न कुनै प्रकारले नजिक हुने पलको भनाई छ। त्यसलाई अन्यथा लिएर अनर्गल प्रचार गर्न नहुने पलले फेसबुकमा उल्लेख गरेका छन्।

“देश विदेशमा रहनुभएका सम्पूर्ण मेरा दर्शकश्रोताज्यूहरूमा हार्दिक सम्मान अनि धेरै माया । विगत केही दिनदेखि मेरो र गायिका समिक्षा अधिकारीको विषयमा आइरहेका समाचारबाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिंगाे दर्शकलाई नै दुःखी बनेको महसुस हामीले गरेका छौं । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कही न कही कुनै न कुनै प्रकारले नजिक हुने गर्छ । यो हामी सबैलाई थाहा भएकै कुरा हो । मेरो पेशा र विधाका कारण म धेरै मान्छेहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु ।”,पलले फेसबुकमा लेखेका छन्।

हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरूलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्त्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरूले आफूलाई धेरै दुखि बनाएको पनि पलले फेसबुकमा उल्लेख गरेका छन्।

उनले लेखेका छन्,”गायिका समीक्षा अधिकारी र मेरोबीचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानाम शीर्षक दिएर सिङ्गो पत्रकारितालाई पनि बदनाम गर्ने काम नगरिदिनु होला। “

प्रकाशित : सोमबार, कार्तिक ०८, २०७८१३:४२

देशभर कोरोना संक्रमण हुनेको सङ्ख्या ९ लाख भन्दा माथि !