अन्ततः खुल्यो लाइसेन्सको अनलाइन फर्म !

काठमाडौँ – अन्ततः लगभग ६ महिना पछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुलेको छ। कोरोना महामारीका कारण गएको ६ महिना भन्दा बढी समय देखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुलेको हो।

यातायात व्यवस्था विभागले दिएको जानकारी अनुसार लाइसेन्सको नयाँ आवेदन मंगलबारबाट खुलेको छ। गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द थियो ।

ट्रायल परीक्षा भने सुचारु गरिएको थियो । कोरोना महामारीअघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजार थियो । लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ ।

प्रकाशित : सोमबार, कार्तिक ०८, २०७८२३:०५

बाढीमा बेपत्ता थप एकको श-व फेला, मृ-तकको सङ्ख्या ३१ पुग्यो