लगातार दशौँ दिन पनि बढ्यो सुनको भाउ, गत ८८ दिन यता कै महँगो !

काठमाडौँ – दशैँ अगाडी देखि नै उकालो लाग्न थालेको सुनको मूल्य अझै थामिएको छैन। कार्तिक लागेपछि सुन झनै महँगो हुँदै गएको छ। कार्तिक लागेपछि एक दिन पनि सुनको मूल्य घटेको छैन। कार्तिक लागेपछि नघटेको सुनको मूल्य आज पनि बढेको छ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकिएको छ । उक्त धातु सोमबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला रु ९२ हजार १०० रहेकामा सोमबार ९१ हजार ९०० थियो ।

सुन साउन पछिकै महँगो

लगातार बढेसँगै सुन साढे २ महिना भन्दा बढी समययताकै महान महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मूल्य साउन १५ गते यताकै महँगो हो। यस हिसाबले सुन आज ८८ दिनकै महँगो रहेको छ।

चाँदीको मूल्य

महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला रु एक हजार २६५ कायम छ । चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०९, २०७८११:५४

उच्च अंकले बढ्यो नेप्से परिसूचक, ११ कम्पनीको शेयरमा सकारात्मक सर्किट !